राजावादीलाई बाबुरामको प्रश्नः ‘सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?’


प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजावादीकोहरुलाई पछाडी नफर्किन सुझाब दिएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत डा.भट्टराईले ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने भन्दै प्रश्न गरेका हुन् ।

‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्नः २४० बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता,गरीबी,वेरोजगारी,भ्रष्टाचार,जातीय/क्षेत्रीय/लैंगिक विभेद, पराधीनताको फोहर १२ बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?’ उनले भनेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com