नेकपा सचिवालय बैठक सम्पन्न, ओली-प्रचण्डको प्रस्ताव स्थायी समितिमा लैजाने निर्णय


प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब तीन घण्टापछि सकिएको हो । आजको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्ताव स्थायी समितिमा लैजाने निर्णय गरेको छ ।  आइतबार १ बजे स्थायी कमिटी बैठक बस्दैछ ।

‘प्रचण्ड’ले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन पेश गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com