विवादपछि रामचन्द्र पौडेलले गरे पुल उद्घाटन


प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् ।

पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित थिए । बिहिबार कुनै अवरोध भएको छैन ।

ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेपछि नेता पौडेललाई प्रहरीले बुधबार ३ घण्टा नियन्त्रणमा राखेर छोडेको थियो ।

उक्त पुल उद्घाटन विषयमा सत्तापक्ष र प्रतिपक्षीबीच विवाद हुँदै आइरहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com