चीनको मध्य क्षेत्रमा कोभिड-१९ का नयाँ बिरामी देखिएनन्


प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार

चीनको मध्य क्षेत्रमा स्थानीय रुपमा प्रसारित कोरोनाभाइरसका बिरामी नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जनाएको छ । आयोगले दैनिक सार्वजनिक गर्ने विवरणमा मंगलबार मध्य क्षेत्रमा पाँच जना विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको उल्लेख थियो ।

स्थानीय व्यक्तिमा संक्रमण भएका एक शंकास्पद व्यक्ति भित्री मंगोलियामा देखिएको आयोगले जनाएको छ । कुनै पनि व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु नभएको पनि आयोगको भनाई छ । विदेशबाट आएका व्यक्तिहरुमध्ये शाङ्घाई, फुजियान, गुआङदोङ र शाङ्सीमा कोरोना पुष्टी भएको थियो ।

मंगलबारसम्ममा चीनको मध्य क्षेत्रमा कूल तीन हजार ८०९ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये तीन हजार ५२३ जना डिस्चार्ज भइसकेका छन् भने २८६ जना अस्पतालमा उपचार गराइरहेका छन् । आयोगका अनुसार विदेशबाट आएका संक्रमित कुनै पनि व्यक्तिको मृत्यु भएको छैन ।

चीनको मध्य क्षेत्रमा हालसम्म ८६ हजार ४६९ व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका थिए भने कूल चार हजार ६३४ जनाको मृत्यु भएको थियो । अझै पनि ३०५ जना उपचारका क्रममा रहेका छन् जसमध्ये छ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । “मेनल्यान्ड चाइना” भनेर चिनिने चीनको उहान समेत मध्य क्षेत्रमा कोरोनाले सबैभन्दा बढी असर पारेको थियो । सिन्ह्वा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com