पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन


प्रकाशित मिति : मंसिर ८, २०७७ सोमबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज पिएमएलएन) ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।

उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षको थिइन् । उनी केही समययता देखि विरामी थिइन् र लन्डनको एक अस्पतालमा उपचार गराइरहेकी थिइन् । सो दलका उप सचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ ।

पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत छन् । उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ । त्यसैले उनी पनि लन्डनमै उपचाररत रहेको बताइएको छ । छोरा विरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएकी थिइन् । उनलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन गएकी थिइन् ।

उनी लन्डनमा पुगेपछि विरामी परेको र उपचार गराइरहेको समाचारमा जनाइएको थियो । एएनआई

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com