बलात्कार घटना मिलाउनेलाई फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश


प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार

बलात्कारका घटनामा मिलाउनेलाई फौजदारी अपराधमा कारबाही गर्न नेपाल सरकारले अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बलात्कार घटनामा पञ्चायती वा मिलापत्रलाई अपराध किटान गरि अध्यादेश सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । यस्तै, बलात्कार तथा बलात्कार प्रयासका घटनामा हुने सजायलाई समेत बढाइएको छ ।

कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्‍मा पेस गरेको थियो । राष्ट्रपतिबाट आजै उक्त अध्यादेश जारी हुन सक्ने ती मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि बलात्कारसम्बन्धी कानुन कडा बनाउने बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com