सिनेटमा दुबै पार्टीले ५० -५० सिट जिते के हुन्छ ?


प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार

अमेरिकी सिनेटमा यसपटक डेमोक्रेटिक वा रिपब्लिकनमध्ये कस्को नियन्त्रण कायम रहने छ भन्ने कुराको निर्धारण अब जनवरीको पहिलो साता अगाडि नहुने भएको छ ।
अहिलेसम्मको परिणाम अनुशार सिनेटमा एकसयसिटमध्ये ४८ मा डेमोक्र्याट्स र ४९ मा रिपब्लिकनले जीतेका छन् । अलास्कामा रिपब्लिकनहरुको अग्रता कायम भएको जित्ने लगभग निश्चित नै छ ।

जर्जियाका सिनेटका दुईवटै सिटमा डेमोक्र्याट्सले विजय हासिल गरेको खण्डमा सिनेटमा दुबै पार्टीले ५०- ५० सिट प्राप्त गर्ने सम्भावना रहेको छ । यो अवस्थामा सिनेटमा डेमोक्र्याट्सहरु शक्तिमा त हुनेछन्, तर पूर्ण नियन्त्रण भने कायम हुनेछैन । फिलिबस्टर भोट आवश्यक पर्ने कैयन विषयमा दुबै पार्टीले एकअर्काको अवरोधको सामना गर्नुपर्ने हुनसक्छ । किनभने फिलिबस्टर भोट संख्या ६० रहेको छ ।

सामान्य बहुमतले पुग्ने विषयहरुमा भने मत बराबर हुँदा निर्णायक मत उपराष्ट्रपतिले दिने प्रावधान रहेको छ । अर्थात् निर्णायक मत उपराष्ट्रपति कमला ह्यारिसले दिंदा सामान्य बहुमतले पारित भए पुग्ने बिलहरु डेमोक्र्याट्सले अगाडि बढाउन सक्नेछन् । संवैधानिक व्यवस्था अनुशार मेजोरिटी लिडरका रुपमा काम गर्न डेमोक्रेटिक सिनेटर चक शुमरले मौका पाउनसक्नेछन् तर कैयन विषयमा रिपब्लिकनसँग सम्झौता गर्नुपर्ने हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी कैयन नियुक्तीहरु फिलिबस्टर मत नआएपनि सामान्य बहुमतबाट समेत गरिएका इतिहास रहेका छन् । ५० सिट जितेको खण्डमा फिलिबस्टर नचाहिने प्रावधान डेमोक्र्याट्सहरुले सामान्य बहुमतबाट पारित गराउन सक्नेछन् । सिनेटमा निर्णायक मत उपराष्ट्रपतिले हाल्नका लागि कुनै पनि विषयमा मत बराबर भएको हुनुपर्छ ।

अमेरिकी इतिहासमा तीनपटकसम्म सिनेटको सिट संख्या दुई पार्टीमा ५० – ५० ले विभाजित भएको छ । सन् १८८१, सन् १९५३ र सन् २००० मा यस्तो अवस्था आएको थियो । तर २००० मा भने लगत्तै एकजना रिपब्लिकन सांसदले पार्टी परित्याग गरेर डेमोक्रेटिक पार्टीमा प्रवेश गरेपनि डेमोक्रेटिक पार्टीको नियन्त्रण कायम भएको थियो । तर २००२ को चुनावमा रिपब्लिकनले नै नियन्त्रण कायम गरेको थियो ।

सिनेटमा कस्को नियन्त्रण कायम होला भन्ने विषयमा सबैको ध्यान जर्जियातिर छ । जर्जियाबाट सिनेटका २ सिटमा भएको चुनावमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेका कारण त्यहाँ आगामी जनवरीमा पुन विशेष चुनाव हुने भएको छ । किनभने जर्जियाको नियम अनुशार सिनेटरमा निर्वाचित हुनका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक छ । अब सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदबारबीच जर्जियामा प्रतिस्पर्धा हुनेछ ।

विगत १६ बर्ष देखि जर्जियाबाट सिनेटका दुबै सिटहरु रिपब्लिकनले जित्दै आएका छन् । यद्यपी जर्जियामा सिनेटमा कैयन डेमोक्रेटिक उम्मेदबारहरुले जीतेको इतिहास पनि छ । सन् १९९६ मा डेमोक्रेटिक सिनेटर म्याक्स क्लेल्याण्ड र सन् २००० मा डेमोक्रेटिक सिनेटर जेल मिलरले चुनाव जितेका थिए ।

सन् १९८० भन्दा अगाडि १९७७ सम्म जर्जियाबाट सिनेटका दुबै सिटमा डेमोक्रेटिक उम्मेदबारहरुले नै जित्दै आएका थिए । यसपटक जर्जियाले कस्तो अभिमत दिनेछ, त्यो थाहा पाउन भने जनवरीको पहिलो सातासम्म कुर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com