कोरोनाबिरुद्धको भ्याक्सिनको परीक्षणमा सहभागीले कति रकम पाउँछन् ?


प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार

कोरोना भाइरसबरिुद्धका झण्डै १० प्रकारका भ्याक्सिनको तेश्रो चरणको क्लीनिकल परीक्षण भइरहेको छ । अमेरिकामा मोडेर्ना, फाइजर लगायतका भ्याक्सिनको तेश्रो चरणको क्लीनिकल परीक्षण भइरहेको छ । बेल्जियमको जोन्सन एण्ड जोन्सन र बेलायतको आष्ट्राजेनेका पनि तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा रहेको छ ।

यी भ्याक्सिनका परीक्षणमा सहभागी हुनेहरुले केहीसय डलरदेखि केही हजार डलरसम्म प्राप्त गर्छन् । अमेरिकामा भ्याक्सिनको परीक्षणमा सहभागीले कम्तीमा ५ सय डलरसम्म पाएका छन् । त्यस्तै कतिपयले ८ सय र कतिपयले ११ सय डलरसम्म पनि पाएका छन् । परीक्षणका क्रममा कतिसमय दिइएको छ लगायतका आधारमा रकम दिने गरिएको छ ।

तर कसैले आकर्षक रकम देखाएर परीक्षणका लागि आव्हान गरेका छन् भने त्यसमा सचेत हुनुपर्ने बायोइथिसिस्ट आर्थर क्याप्लानले बताएका छन् । कसैले धेरै क्षतिपूर्ति दिएको छ भने धेरै जोखिम समेत हुनसक्ने भएकाले यसबारे सचेत हुनुपर्ने उनको भनाई छ ।

कोरोनाबिरुद्धका भ्याक्सिनका परीक्षणका लागि विभिन्न वेवसाइटहरुले सुचीहरु बनाएर प्रकाशित गरेका छन् । कोभिड १९ निरोध नेटवर्क साइटले स्वयंसेवकहरुलाई तेश्रो चरणको क्लीनिकल परीक्षणका लागि सम्पर्कमा ल्याउन मद्दत गरिरहेको छ । यसबारे थप जान्न यहाँ क्लीक गर्नुहोला ।

तेश्रो चरणको क्लीनिकल परीक्षणका स्वयंसेवकबारे जान्न यहाँ क्लीक गर्नुहोला ।

सरकारी वेवसाइटमा पनि विभिन्न चरणका क्लीनिकल परीक्षणहरुलाई सुचिकृत गरिएको छ । त्यसमा क्लीक गरेरपनि स्वयंसेवकका रुपमा कसरी सहभागी हुने भन्नेबारे जानकारी पाउन सकिन्छ ।

यो वेवसाइटमा गएर पनि चेक गर्न सकिन्छ ।

पहिलो र दोश्रो चरणको क्लीनिकल परीक्षण तेश्रो चरणको परीक्षणका तुलनामा बढी जोखिमयुक्त हुनसक्छ । पहिलो चरणको क्लीनिकल परीक्षणका क्रममा भ्याक्सिनको सुरक्षाबारे अध्ययन गरिन्छ । दोश्रो चरणको क्लीनिकल परीक्षणमा भ्याक्सिनले इम्युन रेस्पोन्स श्रृजना गरेको नगरेकोबारे अध्ययन गरिन्छ । तेश्रो चरणको क्लीनिकल परीक्षणमा मात्र भ्याक्सिनले काम गरे नगरेको जाँच गर्ने अनुमति हुन्छ ।

सामान्यता क्लीनिकल परीक्षणका क्रममा कुनै साइड इफेक्ट देखिएमा उक्त व्यक्तिले क्षतिपूर्ति पाउने आशा राखेको हुनसक्छ । तर उनीहरुले त्यस्तो क्षतिपूर्ति पाउँदैनन् । यद्यपी भ्याक्सिन कम्पनीहरुले स्वास्थ्यविमा कम्पनीहरुलाई तिर्नुपर्ने रकम भने बेहोर्न सक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com