तर्क: किशोर नेपाल: कोभिडको त्रासमा हतार हतार सकाइएको राजनीतिक हल्ला विनाको दशैं


प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार

किशोर नेपाल

– किशोर नेपाल

बिहानै काठमाडौं महा–नगरका चोक चोकमा फोहोर मैला ओसार्ने गाडीहरु र महा–नगरपालिकाका सफाइ कर्मचारीको भीड देखेपछि दशैं सकिएको आभाश हुनु असहज थिएन । पूmलपातीका दिनदेखि अलपत्र परेका ‘गार्वेज’ का थुप्राहरु एकादशीकै दिनमा उठनु हल्का–फुल्का क्रान्ति नै थियो । पोहोर परार कोजाग्रत पूर्णिमासम्म ‘गार्बेज’का पोकाहरु जनताको दैलो दैलोमा थुप्रिएका देखिन्थे । शहरका मानिस जात्राको नाममा कति जंक पूmड आने रहेछन ? त्यसको पनि पूरै लेखाजोखा निस्किन्थ्यो । शहरका कुनै कुनै कुनामा चाउचाउका पोष्टर टाँसिएका देखिए । तिनमा दिइएका सन्देशको अर्थ स्यानिटाइजरले हात पुछेर, मास्क थोरै उचालेर, काँचै चाउ चाउ चपाउन सकिने भन्ने लाग्ने खालको थियो । मानिसको ध्यान त्यतापट्टि गएको थिएन ।

कोजाग्रत पूर्णिमाको राति शहरका प्रमुख नाकामा ठडिएका बडे–बडे अट्टालिकाहरुमा ‘विधिवत’ जुवा खेलेरमात्रै बिदा गरिने नवरात्रि पर्वको समाप्ति बिजया दशमीको भोलिपल्टै गरिनु त्यति ठीक थिएन । अलिकति अप्ठेरो त थियो । तर, कोभिड १९ को बढदो संक्रमण दरका कारण सशंकित भएका काठमाडौं शहरका जनताले यसलाई अन्यथा सोचेनन । ज्यू रह्यो भने ध्यू पिइनेछ भन्ने उखानको बलियो पृष्ठभूमि बोकेको काठमाडौं शहरमा सानातिना महामारी त कति आए कति गए । तर, यो स्केलको महामारी अहिलेसम्म देखा परेको थिएन । महामारी पनि कस्तो भने, रोग के हो त्यसको पनि ठोस ठेगान छैन । कसैको घाँटी हुन्छ । कसैको टाउको टनटनाउँछ । कसैलाई एकसय एकदेखि एकसय पाँचसम्म जरो आउँछ र कसैलाई निमोनिया हुन्छ ।

पूरै देशको कुरा छाडौं । देशको तुलनामा संघीय राजधानी शहर काठमाडौंमा कोभिड १९ संक्रमितको संख्या बढी देखिएकोछ । काठमाडौंमा मात्रै कोभिड १९ संक्रमितको संख्या हेर्ने हो भने यहाँको अवस्था डरलाग्दोछ । सरकारले खटाइ खटाइ, पीसीआर जँचाएको अवस्थामा त यो उकालो लाग्दो स्थिति छ भने समुच्च जनताको स्वास्थ्यलाई बराबरीको आधारमा जाँचिएको हुन्थ्यो भने अहिलेसम्म हाम्रो जस्तो उच्चदरको कोभिड १९ संक्रमण कुनै मुलुकमा, कुनै प्रान्तमा, कुनै शहरमा देखिने थिएन । जानिफकारहरु यसै भन्छन । साँच्चे भन्ने हो भने त, कोभिड १९का जानिफकार अहिलेसम्म संसारमा नै कोही देखिएका छैनन । सबै आपूmले हासिल गरेको ज्ञानलाई कोभिड १९ को बाटोमा ठेल्दैछन । नेपालका चिकित्सकले गरेको पनि त्यही हो । अहिले त कोभिड १९ को निदान जुन देशको चिकित्सकले पत्ता लगाउँछ वा फेला पार्दछ उ संसारकै आराध्यदेव भै हाल्दछ । उसको नाममा एउटा ‘कल्ट’ नै शुरु हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको मुख्य उत्पादन गुर्जो र बेसारले कोभिड १९ निकोपार्ने दावी गरेर नेपालमा रहेका आधुनिक चरकका राजनीतिक संस्करणहरुले पनि आपूmलाई कोभिड १९ औषधि निर्माणको प्रतिस्पध्र्दामा आपूmलाई उभ्याएका छन । के थाह तिनको खोजीमा वयलगाडा चढेर अमेरिकनहरु वाशिंगटनबाट काठमाडौं आइपुग्ने हुन कि ? यति चाहीं पक्का छ आधुनिक चरकको खोजीमा कोही काठमाडौं आउन चाही हाल्यो भने उ नभेम्बर ४ तारीखअघि यो धर्तीमा उत्रिने छैन । नभेम्बर ४ तारीखपछि कोभिड १९ उपचारको खोजीमा आरका पारको लडाई हुने पक्कैछ ।

रमाइलो कुरा, यो पटक दशैंमा देशमा कुनै प्रकारको राजनीतिक हल्ला चलेन । मार्ने–पिटने दर्जनभर घटनालाई छाडेर बिशेष केही हुँदा पनि भएन । भारतीय केन्द्रीय खुफिया एजेन्सीका रुपमा दिल्लीमा भन्दा काठमाडौंमा चर्चित अनुसन्धान तथा बिश्लेषण बिभागका प्रमुख सामन्तकुमार गोयलको चर्चा निकै भयो काठमाडौंमा । तर, त्यसले भर्खरै जिर्णोध्दार पूरा भएको तलाउ रानी पोखरीमा खासै तरंग ल्याउन सकेन । चर्चा नारायणकाजी श्रेष्ठबाट माथि उठ्नै सकेन । हत्या र हिंसातिर, पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकाका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्या भयो । यस सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र स्थायी कमिटीका सदस्य मातृका यादवले बक्तब्य दिएका छन । कर्णाली प्रदेशका मुख्यमन्त्री बिरुध्दको अबिश्वासको प्रस्ताव निरस्त्र भएकोछ ।

तर, कोभिड १९को गति तेजमात्र होइन, खतरनाक पनि छ । कोभिड १९संग लडन चाहिने आर्थिक सावगास छैन नेपालसंग । देशका जवानहरुले कमाएर पठाएको पैसो दाल–चामल खरीदमा नै सकिन थालेपछि सरकारले हातगोडा छाडेर जनतामा कोरोना लागेको वा नलागेको परीक्षण निःशुल्क गर्न नसकिने कही सकेकोछ । यो कुराको बीटमार्दै प्रधानमन्त्रीले भनेका छन, निःशुल्क उपचार चाहने जनताले आपूm गरीब भएको प्रमाणित गर्दै सरकार समक्ष – म गरीब र मेरो गरीब परिवारको उपचार होस भनेर निवेदन दिनु पर्नेछ ।

यो प्रधानमन्त्रीको कुरा पर्यो । जसमाथि जनताले चासोराख्न छाडेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com