डोनाल्ड ट्रम्पले चुनाव जित्ने सम्भावना ८७ प्रतिशत रहेको शेयरबजार शोधको प्रक्षेपण


प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको चुनाव जित्ने सम्भावना ८७ प्रतिशत रहेको एउटा शेयरबजार शोधले निष्कर्ष निकालेको छ । शेयर बजारको २ बर्षको सिंहावलोकनलाई विश्वास गर्ने हो भने यो चुनाव ट्रम्पले जित्नेछन् ।

सोसियोइकोनोमिक इन्स्टीच्युटको एउटा शोधले यस्तो प्रक्षेपण गरेको हो । यो समुहले चुनाव र आर्थिक संस्कृतिबारे प्रक्षेपण गर्न शेयर बजारको प्रयोग गर्दै आएको छ । र विगतका १६ पटकका प्रक्षेपणमध्ये १४ वटा मिलेका थिए । यही ट्रेण्ड कायम रहेमा १५ औंपटक पक्षेपण मेल खानेछ र ट्रम्पले जित्नेछन् ।

जर्ज हर्बट वाकर बुस

सन् १९९२ को चुनावमा भने शेयरबजार विगत ३ बर्षमा ३८ प्रतिशतले माथि उठ्दा समेत जर्ज हर्बट वाकर बुसले चुनाव हारेका थिए । यद्यपी यो प्रक्षेपण अनुशार विगत ३ बर्षमा २० प्रतिशतभन्दा माथि शेयरबजार माथि उठेको सन्दर्भमा समेत पदमै रहेका राष्ट्रपतिले दोश्रोपटक चुनाव जित्ने अनुमान गरिदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जोन आडम्स

अमेरिकाका दोश्रा राष्ट्रपति जोन आडम्सले पनि दोश्रोपटक चुनाव जित्न सकेनन् । युएस चार्टड बैंकको मूल्य विगत ५ बर्षमा ३० प्रतिशतबृद्धि हुँदा पनि उनले १८०० मा चुनाव हारेका थिए । त्यतीबेला संघीय चार्टड बैंकहरु सार्वजनिक रुपमा ट्रेड स्टक थिए ।

अमेरिकामा राष्ट्रपति चुनाव आउन अब २ सातामात्र बाँकी रहेको छन् । यसपटकको राष्ट्रपति चुनावमा मतदान गर्नका लागि झण्डै ५० हजार नेपालीहरु योग्य रहेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com