जसपाको संघीय परिषद् अध्यक्षमा डा. भट्टराई
प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार
जनता समाजवादी पार्टी (जसपा)ले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मत पारित भएको स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।
आज बेलुकीसम्म सबै निर्णय सार्वजनिक हुने पोखरेलले बताए । निर्वाचन आयोगमा दर्ता गर्नुअघि तीनजना अध्यक्ष राख्ने चर्चा चले पनि अन्तिम समयमा भट्टराईको नाममा टिपेक्स लगाएर दर्ता गरिएको थियो । जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन्। यसअघि पार्टी एकीकरण हुनु भट्टराई समाजवादी पार्टी संघीय परिषद अध्यक्ष थिए।