Follow @khasokhasmag

बडादशैंको तेस्रो दिन : देवी चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै


प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरि मनाइँदैछ । देवी दु­र्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात छिन् । वहाँको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो ।

उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी साथै वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवीको चन्द्रघण्टाको वाहन बाघ हो । चन्द्रघण्टा नाना प्रकारको रत्न जड़ित आभूषण धारण गर्ने र सर्वदा युद्धको लागि तत्पर छिन् ।

देवी चन्द्रघण्टाको घन्टको ध्वनिबाट भूत-प्रेत बाधा भागेर जानेछन् र अत्याचारी दानव तथा दैत्य प्रकम्पित रहन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । शत्रु तथा दुष्टको दमन गर्नको निमित्त देवी सदा सर्वदा तत्पर रहेपनि वहाँको स्वरूप भने सौम्य तथा शान्तिदायक नै छ ।

उनको प्रसिद्धि सौम्यता या सौम्य स्वभावको साथै वीरता निर्भीकता तथा युद्ध कौशलको लागि रहेको छ । परिणामस्वरूप वहाँका साधकपनि वीर तथा सौम्य स्वभाव वाला नै हुनेछन् । चन्द्रघण्टाको उपासक सिंह या बाघको जस्तै पराक्रमी तथा निर्भीक हुन्छन्, साथै सदगुणता, वीरता तथा विनम्रताको विकास हुन्छ तथा शरीरमा कान्ति र गुणको वृद्धि हुनेछ ।

आफ्नो दिव्य ध्वनिबाट भूत-प्रेत बाधाहरू हटाउनुका साथै देवी चन्द्रघण्टाको कृपाले भक्तको सबै प्रकारको पाप तथा बाधाहररू हटाई आफ्नो भक्तका दुःख, कष्टको निवारण देवीले शीघ्र नै गरिदिनुहुन्छ भन्ने जनविश्वास रहेको छ । देवीका भक्त जहाँ जहाँ पुग्छन् त्यहाँ आफ्नो दिव्य अलौकिक छठाको कारण त्यहाँ उपस्थित सबै सुख तथा शान्तिको अनुभव गर्दछन् ।

नवरात्रको तेस्रोदिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन यिनै चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । चन्द्रघण्टाको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नाशहुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।                                             चन्द्रघण्टालाई विशेषगरि दुधको परिकार प्रिय छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले क्यगलम अर्थात् सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com