कार्तिक ७ गतेभित्र क्लिन फिड लागू गर्न अनुरोध, नगरे कारबाही


प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार

सरकारले १० दिन भित्र अनिवार्य रुपमा क्लिन फिड लागू गर्न सेवा प्रदायकहरुलाई निर्देशन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी कार्तिक ७ गतेभित्र विदेशी च्यानलहरुलाई विज्ञापन रहित (क्लिनफिड) प्रसारण गर्न निर्देशन जारी गरेको हो । क्लिनफिड प्रसारण नभएमा कानून बमोजिम कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

‘‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानलहरु कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ । विभिन्न निकायबाट मन्त्रालयमा क्लिनफिड प्रसारणको म्याद थप गर्न माग गरिएको विषयमा ध्यानाकर्षण भएको भन्दै मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘२०७७ साल कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधि समेतको व्यवस्था भएकाले ऐनको मर्म र भवना अनुरुप तोकिएको मितिदेखि विज्ञापनरहित प्रसारण गर्न गराउन सम्बन्धित सबै संघ-संस्थाहरुलाई अनुरोध गरिएको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com