KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

सहभागी बिरामी भएपछि जोन्सन एण्ड जोन्सनको कोरोनाबिरुद्धको भ्याक्सिनको परीक्षण स्थगित

प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार

कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो चरणको क्लीनिकल परीक्षण गरिरहेको जोन्सन एण्ड जोन्सनले क्लीनिकल परीक्षण स्थगित गरेको घोषणा गरेको छ । भ्याक्सिन लिएका एकजना स्वयंसेवक बिरामी भएपछि सोमबार जोन्सन एण्ड जोन्सनले क्लीनिकल परीक्षण स्थगित गरेको जनाएको हो ।

सहभागीको बिरामीपनको मूल्यांकन भइरहेको जनाइएको छ । अन्तिम चरणको परीक्षणमा रहेका अन्य तीन भ्याक्सिनको तुलनामा भण्डारण गर्न र परिचालन गर्न सहज जोन्सन एण्ड जोन्सनको कोरोनाबिरुद्धको भ्याक्सिनको अन्तिम चरणको परीक्षण सेप्टेम्बरको तेश्रो सातादेखि सुरु थियो । तेश्रो चरणको क्लीनिकल परीक्षण अन्तरगत यो भ्याक्सिन ६० हजारलाई सिंगल सट दिइदै छ ।

यसअगाडि नै अमेरिकाका मोडेर्ना, फाइजर र बेलायतको आष्ट्राजेनेकाले बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन तेश्रो चरणको क्लीनिक परीक्षणका क्रममा छन् । तर यी भ्याक्सिन अत्यन्तै चिसो तापक्रममा राख्नुपर्ने भएकाले भण्डारण र परिचालन गर्नमा कठिन हुने जनाइएको छ ।

जोन्सन एण्ड जोन्सनको अमेरिकामा तेश्रो चरणको क्लीनिकल परीक्षण पूरा भइसकेपछि यसको प्रभावकारिताबारे निक्र्यौल निकालिने भएको छ । तर जोन्सन एण्ड जोन्सनको सबै डाटाहरु तयार हुन यो बर्षको अन्त्यसम्म लाग्ने अनुमान गरिएको छ । अर्कोबर्ष यो कम्पनीले १ बिलियन डोज तयार पार्ने लक्ष्य लिएको छ ।

यो भ्याक्सिनको एउटामात्रै डोज दिए पुग्ने भएकाले पनि स्वीकृत भएको खण्डमा भ्याक्सिन लगाउने कार्य सहज हुनेछ । तेश्रो चरणको क्लीनिकल परीक्षणमा रहेका अन्य भ्याक्सिनहरु दुईवटा डोज दिनुपर्ने जनाइएको छ । अमेरिकाले यो भ्याक्सिनका लागि डेढ बिलियन डलर लगानी गरेको छ, जसअन्तरगत सुरुमै १ सय मिलियन डोज अमेरिकाले पाउनेछ ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन भाइरल भेक्टर विधिबाट बनाइएको छ । जस अन्तरगत हानी नगर्ने भाइरसको प्रयोग गरिन्छ । मोडेर्ना र फाइजरका भ्याक्सिन न्युक्लेइक एसिडको प्रयोगबाट बनाइएका हुन् । आष्ट्राजेनका भ्याक्सिन भने भाइरल भेक्टर विधिबाट बनाइएको हो ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com