सामाजिक दुरी कायम गरेर र मास्क लगाएरै न्युजर्सीमा मनाइयो एनआरएन दिवस
प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार
एनआरएनए न्युुयोर्क र न्युजर्सी च्याप्टरको संयुक्त आयोजनामा न्युजर्सी मेरिल पार्कमा एनआरएन दिवस मनाइएको छ । कार्यक्रम सामाजिक दुरी कायम गरेर र मास्क लगाएर गरिएको थियो ।
एनआरएनएनए न्युजर्सी च्याप्टरका सभापति समिर बुढाथोकीको सभापतित्वमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अथिति एनआरएनए अमेरिकाका संरक्षक खगेन्द्र जीसी हुनुहुन्थ्यो । उहाँले गैर आवासीय नागरिकता र हालै नेपाल सरकारबाट जारी प्रवासी नागरिक सम्बन्धि ऐनमा रहेका विरोधाभाषपूर्ण बुंदाहरुबारे बोल्नुभयो ।
विशेष अतिथि एनआरएनए अमेरिकाका संरक्षक श्री पराजुलीले विगत १७ वर्षे अवधि पार गर्दै गर्दा संस्था ले आफ्नो संस्कार र कर्तब्य विर्सदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
एनआरएनए न्युयोर्क च्याप्टर सभापति रामहरि अधिकारीले कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्ष, एनआरएनए नेताहरु सञ्चिव श्रेष्ठ, विश्व बराल, बेगम पण्डित, दुर्गेश कार्की लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।
एनआरएनए न्युयोर्क च्याप्टरका महासचिव महेश थापाले कार्यक्रम संचालन गर्नुभयो ।