२०२१ को नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पका लागि चौथो नोमिनेशन


प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार

शुक्रबार डोनाल्ड ट्रम्पलाई युरोपियन संसदका सदस्यका तर्फबाट नोबेल शान्ति पुरस्कारका लागि चौथो नोमिनेशन गरिएको छ ।

सन् २०२० को नोबल शान्ति पुरस्कार घोषणा भइसकेको छ । तर त्यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परेनन् । विश्व खाद्य कार्यक्रमले सन् २०२० को नोबेल शान्ति पुरस्कार पाएको छ ।

सन् २०२० का लागि डोनाल्ड ट्रम्पको नाम नोमिनेशनमा थियो कि थिएन भन्नेबारे स्पष्ट छैन । नर्वेजियन नोबेल कमिटीले २०२० को नोबेल शान्ति पुरस्कारका लागि २११ व्यक्ति र १०७ संस्था गरी ३१८ नोमिनेशन परेको जनाएको थियो । तर नोमिनेशनमा परेकाहरुको नाम ५० बर्षसम्म गोप्य राख्ने नियम रहेको छ ।

यद्यपी सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि भने ट्रम्पको नाम नोमिनेशनमा परेको ह्वाइट हाउसले वक्तब्यमार्फत नै जनाएको छ । इजरायल र युएईबीचको सम्बन्धलाई सामान्य बनाउन र मध्यपूर्वमा शान्ति कायम राख्न ट्रम्पले खेलेको भूमिकाका लागि उनको नाम नोबेल शान्ति पुरस्कारका लागि नोमिनेशनमा परेको हो ।

शुक्रबार डोनाल्ड ट्रम्पलाई युरोपियन संसदका फिनिस सदस्य लोरा हुतासारीका तर्फबाट पनि नोबेल शान्ति पुरस्कारका लागि चौथो नोमिनेशन गरिएको छ । ट्रम्पले कुनै नयाँ अन्तर्राष्ट्रिय द्वन्दविना नै कार्यकाल पूरा गर्न लागेको उल्लेख गर्दै उनले ट्रम्पको नाम २०२१ को नोबेल शान्ति पुरस्कारका लागि नोमिनेट गरेकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको नाम सुरुमा नर्वेजियन संसदका सदस्यले नोमिनेट गरेका थिए । त्यसको केहीदिन पछि स्वीडेनका संसद सस्यले ट्रम्पको नाम नोमिनेट गरेका थिए । गतमहिना युरोपियन संसदका तीनजनाले ट्रम्पको नाम नोमिनेटका लागि आव्हान गर्दै ज्ञापनपत्र बुझाएका थिए । अष्ट्रेलियन कानुनी प्राध्यापकहरुको एउटा समुहले पनि ट्रम्पलाई नोमिनेशन गरेको छ ।

नोबेल पुरस्कार कस्ले पाउने भन्ने कुराको निर्धारण भने ५ सदस्यीय नोबेल कमिटिले गर्नेछ । सन् २०२१ को नोबेल पुरस्कारको घोषणा भने सन् २०२१ कै अक्टोबरमा गरिनेछ । तर त्यसका लागि नोमिनेशनका लागि आगामी जनवरीसम्मको डेडलाइन रहेको छ ।

अहिलेसम्म अमेरिकाका ४ जना राष्ट्रपतिहरुले नोबेल शान्ति पुरस्कार पाइसकेका छन् । तर नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पले जति अभियानै भने कसैले पनि संचालन गरेका थिएनन् । तीनबर्षदेखि लामो समयदेखि ट्रम्पले पुरस्कारका विषयमा अभियान चलाउँदै आएका छन् ।

२०१८ मा तपाई यो पुरस्कारका लागि योग्य हुनुहोला त ? भनेर सोध्दा ट्रम्पले सबैले त्यसै भनिरहेका छन् तर मैले यस्तो कहिले भनेको छैन भनेका थिए । सन् २०१९ मा ट्रम्पले निस्पक्ष तरिकाले पुरस्कार दिइएमा आफूले धेरै चीजका लागि नोबेल पुरस्कार पाउने तर निस्पक्ष नहुने बताएका थिए । यो बर्ष त ह्वाइटहाउसले नै नोमिनेशनबारे वक्तब्य जारी गरेको छ ।

अहिलेसम्म अमेरिकी राष्ट्रपतिहरु थिओडोर रुजवेल्ट, वुड्रो विल्सन, जिम्मी कार्टर र बराक ओबामाले नोबेल शान्ति पुरस्कार पाइसकेका छन् । यसअघि थिओडोर रूजभेल्टले सन् १९०६ मा, विड्रो विल्सनले सन् १९२० मा, जिमी कार्टरले सन् २००२ मा र बराक ओबामाले सन् २००९ मा यो पुरस्कार जितेका हुन् ।

रुजभेल्टको नोमिनेशन केही अमेरिकन प्राज्ञ र युरोपियन कुटनीतिज्ञहरुले गरेका थिए । नाजी नेता एडोल्फ हिटलर पनि सन् १९३९ मा नोबेल पुरस्कारका लागि नोमिनेशनमा परेका थिए । व्यङ्ग्यात्मक रूपमा गरिएको यो मनोनयन स्वीडनका सांसदले केही समयमै फिर्ता लिएका थिए।

सन् १९४५ र सन् १९४८ मा रुसका स्टालिनलाई दोस्रो विश्वयुद्ध अन्त गर्न भूमिका खेलेकोमा मनोनयन गरिएको थियो।

ट्रम्पलाई २०१८ मा पनि दुईपटक नोमेनेशन गरिएको तर नक्कली नोमिनेशन भएको भन्दै फिर्ता लिइएको थियो । २०१९ मा पनि ट्रम्पलाई कैयन पटक नोमिनेशन गरिएको नोमिनेशन गर्नेहरुले वक्तब्यमार्फत जनाएका थिए । सन् २०१९ को फरबरीमा जापानी प्रधानमन्त्रीले आफूलाई नोमिनेट गरेको ट्रम्पले बताएका थिए ।

सबै राष्ट्र प्रमुख र राष्ट्रिय स्तरमा सेवा गरिरहेका सबै नेताहरूले नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न पाउँछन्।

प्राध्यापक, विदेश नीति अध्ययन केन्द्रका निर्देशक, नोबेल पुरस्कार विजेता र नर्वेको नोबेल शान्ति पुरस्कार समितिमा सदस्यहरू सबैले मनोनयन गर्न पाउँछन्। मनोनयन गर्न निमन्त्रणा चाहिँदैन र जनवरी अन्त्य सम्म गरिएका सबै मनोनयनले मान्यता पाउँछन्।

यो पुरस्कार पाउनेहरूमा मार्टिन लुथर किङ, नेल्सन मन्डेला र मदर टेरेसा पर्छन्। तर मनोनयनका लागि विद्यमान फराकिलो दायराका कारण बेलाबेलामा मनोनयन विवादमा पर्ने गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com