डाक्टर शैलजाको सहयोगमा जब कोरोना महामारीबीच विमानमा बच्चा जन्मियो


प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार

– इमरान कुरैशी

जब डाक्टर शैलजा वल्लभनेनी त्यस दिनको बारेमा सोच्छिन्, उनी विश्वास गर्न सक्दिनन् । आफ्नो बुद्धिको प्रयोग गरेर उनले हजारौं फिट माथि उडिरहेको विमानमा बच्चाको डेलिभरी गराइन् ।

त्यतिखेर, उनले डेलिभरीको लागि विमानमा मात्र कैंची, सेनिटाइजर, पट्टी फेला पारिन् । यो भारतमा सम्भवतः पहिलो बच्चा हो जसले आकाशमा आफ्नो आँखा खोल्यो ।

यद्यपि यस कामका लागि उनले सबै यात्रुहरूको पूर्ण सहयोग पाईन् । जो महिला र बच्चालाई डेलिभरी पछि निरन्तर तौलिया, शल, प्याड, डाइपर र झोला आपूर्ति गर्दै थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस समयमा उनले विमानमा सवार प्लास्टिक सर्जनबाट पनि प्रोफेशनल सहयोग पाईन् ।

बैंगलोरको क्लाउड नाइन अस्पतालका भु्रण विशेषज्ञ डा. शैलजा वल्लभनेनीले भनिन्, “यो मैले नै गराएँ भन्नेमा अझै पनि मलाई विश्वास छैन ।”

बिहिबार दिल्लीबाट बैंगलोरको उडानमा उनले बच्चाको डेलिभरी गराएकी हुन् । उडानको क्रममा यस्तो आपतकालिन अवस्थामा चिकित्सकलाई प्राविधिक सहयोगका लागि कुनै विशेष व्यवस्था थिएन ।

उनी भन्छिन्, “विशेष आधारभूत गर्भावस्थाको किटहरू त्यस्तो अवस्थाका लागि विमानमा राख्नुपर्दछ ।” आधारभूत गर्भावस्था किट प्राथमिक उपचार किट भन्दा फरक हुन्छ ।

दिल्लीबाट उडानको आधा घण्टा पछि विमानमा डाक्टरको आवश्यकताको घोषणा गरियो । रियादमा प्लास्टिक सर्जनको रूपमा काम गर्ने डाक्टर नागराज सहयोग गर्न तयार भए ।

डा. शैलजा भन्छिन्, “उनीहरूलाई मेरो सहयोग चाहिन्छ भन्ने सोंचेर विमानको पछाडि गएँ । मलाई उडान टोलीले भनेको थियो कि साढे सात महिनाको गर्भवती महिलालाई सहयोग चाहिएको छ ।”

सुरुमा डा. शैलजाले महसुस गरिन कि यो गर्भपातको मामला हुनसक्दछ किनभने ती महिलाले पनि पेट दुखेको गुनासो गरिरहेकी थिईन । उनलाई के योनीबाट रगतका थोपा अएका छन् भनेर सोध्दा उनले अस्वीकार गरेकी थिइन् ।

डाक्टर शैलजा भन्छिन्, “जब मैले ती महिलाको पेटमा हेरेँ, मलाई यस्तो लाग्यो कि उनी ३२/३४ हप्ताको गर्भवती हुन् । उनले मलाई ट्वाइलेट गएको बताएकी थिइन् । जब उनी बाथरूमबाट बाहिर आईन्, मैले त्यहाँ रगतका दागहरू देखेकी थिएँ ।”

त्यसपछि डा. शैलजा बाथरुममा ती महिला नजिकै गइन् जहाँ उनले बच्चाको टाउको अलिअलि बाहिर आउँदै गरेको देखिन् ।

उनी भन्छिन्, “मैले कैंची लिएँ र यसलाई सेनिटाइजरले सेनिटाइज गरें । त्यसपछि मैले बच्चाको नाल काटिदिए । बच्चालाई ढाक्नको लागि पट्टी प्रयोग गरें । त्यसपछि अन्य यात्रुहरूले दिएका लुगाहरूको सहायताले बच्चलाई सफा गर्यौं । र बच्चा ठीकठाक भएको निश्चित गरियो ।”

डाक्टर बताउँछिन्, “यसपछि हामीले महिलाको युटेरस मसाज गर्यौ । त्यसबेला दुईवटा इन्जेक्सनहरू विमानमा उपलब्ध थिए । हामीले ती प्रयोग गर्यौ। महिलाको गर्भाशय संकुचित हुन थालेको थियो र रगत चुहावट पनि बन्द भयो । आमाले बच्चालाई आफ्नो काखमा राखिन् र उनको दूध खुवाइन्, जसले गर्भाशयलाई संकुचित हुन् मद्दत मिल्यो ।”

डा. शैलजा भन्छन् कि विमानका पाइलट क्याप्टेन संजय मिश्राले यस अघि भारतीय वायु सेनामा काम गरेका थिए । उनी भन्छिन्, “उनले मद्दतको लागि हैदराबादमा विमान लैजान सकिन्छ भनेर सोधे। तर मैले बच्चा र आमाको अजीथा दुबै सामान्य भएकोले अब त्यसको आवश्यक नपर्ने बताएँ ।”

डा. शैलजा स्वीकार्छिन्, “यदि यो सामान्य डेलिभरी नभएको भए हामी यस्तो अवस्थामा बच्चा जन्माउन सक्ने थिएनौं ।”

यस्तो अवस्था आउन सक्ने आकलन गरे डेलिभरी किट विमानमा राख्नुपर्ने उनको सुझाव छ ।

उनी भन्छिन्, “विमान टोलीलाई डेलिभरीको तालिम नै दिन आवश्यक छैन । तर यदि विमानमा बच्चा जन्माउनुपर्ने अवस्था आएमा उनीहरूसँग यसबारे केही जानकारी हुनुपर्दछ ।”

“हवाइजहाजमा बेटाडिन, थोरै स्पिरिट, टाँका लगाउने सामाग्री, रक्तस्राव रोक्ने औषधि, इत्यादि हुनुपर्दछ । बच्चा जन्माउनुपर्ने अवस्थाका लागि हवाइजहाज कम्पनीहरूले आवश्यक नियम बनाउनु पर्दछ ।”

डा. शैलजा भन्छिन्, “त्यसबेला बुद्धिको प्रयोग काम आयो । त्यतिखेर म आमा र बच्चा दुबैको जीवन बचाउन के गर्ने भनेर सोचिरहेको थिएँ । मैले जे जे कुरा भेटाए त्यसको प्रयोग गरे । मलाई बच्चालाई सेप्सिस पनि हुन सक्छ भन्ने कुराको चिन्ता थिएन । किनकि पछि यसको लागि बच्चाको उपचार गर्न सकिन्छ ।”

१० बर्षदेखि औषधी अभ्यास गरिरहेकी डाक्टर शैलजा पहिले महिला रोग विशेषज्ञको रूपमा काम गरेकी थिइन् । पछि उनी भु्रण विशेषज्ञको रूपमा काम गर्न थालिन्।

उनी भन्छिन्, “हवाईजहाजबाट उत्रिसकेपछि आमा र बच्चालाई तुरुन्तै उपचारको लागि अस्पताल लगियो । मैले भर्खरै आमा र बच्चा दुवै स्वस्थ छन् भनेर उपचार गर्ने डाक्टरबाट सूचना पाएँ ।”

अनुवाद/संक्षीप्तीकरण : सुरज घिमिरे

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com