नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई, ट्रम्पले पाएनन्


प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि नोमिनेशनमा परेका थिए, तर उनले भने यो बर्षको नोबेल शान्ति पुरस्कार पाएनन् ।

भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने निर्णय गरिएको छ। उक्त पुरस्कारको रकम १० लाख अमेरिकी डलर छ।

नर्वेजियन नोबेल कमिटीका अनुसार विश्व खाद्य कार्यक्रमले भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको हो। ओस्लोमा १०१ औँ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको हो।

यसअघि चिकित्साशास्त्र, भौतिक शास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ। गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि नर्वेका सांसद तथा नाटो संसदीय सभाका लागि नर्वेजीयन प्रतिनिधिमण्डलका अध्यक्ष क्रिश्चियन टायब्रिंग गेजेडले नोमिनेट गरेका थिए ।

इजरायल र संयुक्त अरब इमिरेट्स बीचको शान्ति सम्झौतामा ट्रम्पको महत्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै ट्रम्पलाई नोमिनेट गरिएको थियो । टायब्रिंगले सन् २०१८ मा पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि नोमिनेट गरेका थिए ।

नोबेल शान्ति पुरस्कारको लागि कसैलाई मनोनयन गर्न योग्य व्यक्ति एक लोकप्रिय व्यक्तित्व, राष्ट्रिय नेता, प्राध्यापक र पुराना विजेता हुनुपर्छ । यस बर्ष नोबेल शान्ति पुरस्कारका लागि ३१८ नोमिनेशन गरिएको थियो । यी मध्ये २११ व्यक्ति र १०७ संगठनहरू रहेका थिए ।

नर्वेका कुनै पनि सांसदले कसैलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न सक्दछन्। नोबेल शान्ति पुरस्कारका लागि उम्मेदवारहरूलाई विचार र पुरस्कृत गर्ने प्रक्रिया नर्वेमा पूरा हुन्छ । जबकि अन्य नोबेल पुरस्कारहरू छिमेकी देश स्वीडेनमा प्रदान गरिन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com