जर्सी सिटी काउन्सिल प्रेसिडेन्ट समेतको सहभागितामा लैंगिक हिंशाबारे कार्यक्रम, डा. बिष्णुमाया चेयर
प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

न्युजर्सीको जर्सी सिटी काउन्सिल प्रेसिडेन्ट जोयस वाटरम्यान र राष्ट्रसंघकी सोसल अफेयर्स अफिसर प्याट्रिसिया कोर्तेज सहितको सहभागितामा महामारीको बेलामा लैंगिक हिंशा र मानसिक स्वास्थ्यबारे विशेष कार्यक्रम अक्टोवर ३ तारिख बिहान ११ बजे हुने भएको छ ।कार्यक्रममा रेकी मास्टर टिचर तथा चिन्ता र आघात सम्बन्धि प्रशिक्षक क्लेयर स्वार्जले समेत बोल्ने कार्यक्रमको चेयर हडसन स्पिक्स कोअर्डिनेटर तथा एड्वनकी संस्थापक अध्यक्ष, एनआरएनए आईसीसी सदस्य डाक्टर बिष्णुमाया परियारले गर्नुहुने भएको छ ।
एनआरएनए अमेरिका क्षेत्रको क्षेत्रीय सम्मेलन र दोश्रो विज्ञ भेलामा आयोजना गर्न लागिएको यो कार्यक्रम त्यतीबेला स्थगित भएको थियो ।
कार्यक्रममा सांसद तथा नेपालको संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिको सभापति निरा देवि जैरु, हडसन् स्पिक्स एगेंस्ट सेक्सुअल भायोलेन्सकि सिनियर प्रोग्राम कोअर्डिनेटर रोसियो क्रूज़ ओलिभेरा, बियोण्ड बेइजिङ कमिटिकी अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठ, एनआरएनएन आईसीसी महिला संयोजक भोमा लिम्बु, सामाजिक कार्यकर्ता लक्ष्मी राई, कानुन व्यवसायी शिव खनाल, युवा कार्यकर्ता नेहा रायमाझीले बोल्ने जनाइएको छ । कार्यक्रमको संचालन मिस नेपाल अमेरिका २०१९ की सेकेण्ड रनर अप मेघा रौनियारले गर्ने तय भएको छ ।
जुममार्फत हुने भर्चुअल कार्यक्रममा सहभागी हुनका लागि फोरमकी चेयर डाक्टर परियारले सबैलाई आग्रह गर्नुभएको छ । लैंगिक हिंशा र महामारीका बेलामा मानसिक स्वास्थ्यका सन्दर्भमा कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको र सबैले कार्यक्रममा निशुल्क सहभागिता जनाउनसक्ने परियारले जानकारी दिनुभयो ।
अतिथि वक्ताहरूमा अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कार्की, एनआरएनए आईसिसी अध्यक्ष कुमार पन्त, एनआरएनए आईसिसी उपाध्यक्ष रविना थापा, एनआरएनए आईसिसी सचिव गौरी जोशी, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय संयोजक राजन त्रिपाठी, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय उपसंयोजक राम सि पोख्रेल, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, एनआरएनए एनसिसी अफ अमेरिका अध्यक्ष सुनिल शाह, एनआरएनए एनसिसी अफ क्यानाडा अध्यक्ष चिरन्जिबी घिमिरे, एनआरएनए आईसिसी उत्तर अमेरिकी क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, एनआरएनए आईसिसी सदस्य यमुना भट्टराई र एनआरएनए आईसिसी सदस्य तृष्णा काफ्ले शर्मा रहेकाछन्।