१३३ देशमा कोरोना परीक्षण छिटो गर्ने प्रविधि, अब टेस्टको नतिजा १५ देखि २० मिनेटमै


प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार

विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ ले केही मिनेटभित्रै कोरोना भाइरस संक्रमण पत्ता लगाउने परीक्षण विधि न्यून र मध्यम आय भएका मुलुकमा विस्तार गर्ने भएको छ ।

पाँच डलर मात्र लागत पर्ने सो परीक्षण प्रविधि स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा डब्लुएचओले पठाउन लागेको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यो परीक्षण कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने बताए ।

यसले प्रयोगशालाको सुविधा र पर्याप्त स्वास्थ्यकर्मी नभएका क्षेत्रमा परीक्षणको दायरा बढाउने डब्लुएचओको भनाइ छ । उत्पादकहरूसँग सम्झौता गरेर डब्लुएचओले छ महिनाभित्र १२ करोडवटा त्यस्ता परीक्षण उपलब्ध गराउने तयारी थालेको छ ।

औषधि निर्माताहरू एब्बो र एसडी बायोसेन्सरले च्यारिटेबल संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि १२ करोड परीक्षणहरू उत्पादन गर्न सहमत बनेका हुन । सम्झौताले १ सय ३३ देशमा सहायता पुग्नेछ ।

त्यसमा हाल महामारीले धेरै असर पारेका र मृत्यु भएका मुलुकहरु पर्दछन् । परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्दा धेरै देशमा कोरोनाभाइरस फैलिन नदिन गाह्रो हुने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com