जातीय भेदभावका सवालमा मिडियाको नीतिगत दृष्टिकोणमा समस्या


प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार

जातीय भेदभाव तथा छुवाछूतका घटनामा मिडियाको नीतिगत दृष्टिकोणको अभाव रहेको चर्चा भएको छ । जातीय भेदभावका कारण हत्या भइहाले समाचार प्रकाशन गर्ने नत्र वेवास्ता गर्ने मिडियाको व्यवहार देखिएको एक अध्ययनले देखाएको छ । जातीय भेदभाव तथा छुवाछूतको सवालमा मिडियाहरुले घटनाप्रधान बिषयहरु उठाएको तर नीतिगत दृष्टिकोण बनाउन सकेको छैन ।

गत जेठ १० गते रुकुम पश्चिम सोतीमा नवराज विकसहित ६ जना यूवा मारिएको घटनाका बारेमा गरिएको मिडिया अध्ययनमा सो तथ्य उल्लेख गरिएको छ । मिडियाले रुकुम घटनालाई प्राथकिताका साथ प्रकाशन गरेको ‘जातीय भेदभाव तथा छुवाछूतका घटनामा मिडियाको दृष्किोण’ मा उल्लेख छ ।

गोरखापत्रका पत्रकार लक्ष्मण दर्नालको सो पुस्तक सोमबार प्रदेश दुईका प्रदेश प्रमुख तिलक परियारले काठमाडौँमा बिमोचन गरेका छन । सो अवसरमा उनेले सामाजिक समावेशीकरणको सिद्धान्त मिडियामा आझेल परेको चर्चा गरे ।

उनले भने “जातीय भेदभाव तथा छुवाछूतको बारेमा मिडियाको नीति के हुने भन्ने सवालमा पुस्तकले प्रश्न उठाएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद मीन विश्वकर्माले रुकुम घटनामा मिडियाले प्राथमिकताका साथ समाचार प्रकाहन प्रसारण गरेको बताए । मिडियाले के गरे भन्ने कुरा अनुसन्धान गरी पुस्तकको रुपमा आएकाले मिडियाले पनि आफ्नो ऐन यसबाट हुर्नसक्ने उनले दावी गरे ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ठले रुकुम घटनाका बारेमा मिडियामा आएका कन्टेन्टलाई दस्तावेजीकरण गर्ने काम भएको चर्चा गरे । बिमोचन कार्यक्रममा संविधानसभा सदस्य परशुराम रम्तेल, लेखक÷विश्लेषक संगीत श्रोता, दलित महिला केन्द्र नेपालकी अध्यक्ष गौरा नेपाली लगायतले बोलेका थियो ।

यस अध्ययनको सीमाभित्र परेका काठमाडौंबाट प्रकाशित नेपाली भाषाका ८ वटा दैनिकहरुको घटना बारेमा एक महिनाको समचार संख्या १ सय ४३ छन । ७२.७२ प्रतिशत समाचारले घटना जातीय भेदभाव तथा छुवाछूतका कारणले भएको औल्याएका छन् । त्यस्तै ४७.५५ प्रतिशत समाचारले हत्या भनेका छन ।

५२.४४ प्रतिशत समाचारले नदीमा ज्यान जोगाउन हामफालेको-मृत्यु-घटना भनी उल्लेख गरेका छन् । घटना‚थल रुकुम पश्चिम डेटलाईनका समाचार निक्कै कम (१८ प्रतिशत) समाचार प्रकाशित छन् ।

जाजरकोट डेटलाइन ३२ प्रतिशत र काठमाडौंबाट लेखिएका ५० प्रतिशतसमाचार प्रकाशन भएका छन । अबबार पहिलो पृष्ठमा ३४ प्रतिशत समाचार प्रकाशन भएका छन । प्रकाशित लेख र चनाहरुमध्ये ९१ प्रतिशतले जातीय भेदभावका कारण घटना भएको उल्लेख गरेका छन । ७७ प्रतिशतले हत्या भनेका छनध्र २२ प्रतिशतले हत्या भनेका छैनन् ।

लेखका लेखकहरुमध्ये ३६ प्रतिशत दलित समुदायका छन् । भने ६३ प्रतिशत गैरदलित लेखकले रुकुम घटनामा बारेमा कलम चलाएका छन् । जसमा २२ प्रतिशत महिला र ७७ प्रतिशत पुरुष लेखक छन् । आठवटा पत्रिकाका १० वटा सम्पादकीयले घटना जातीय भेदभावका कारण भएको लेखेका छन् ।

५० प्रतिशत सम्पादकीयले हत्या भनेका छन्  भने ५० प्रतिशत सम्पादकीयले सोतीका ‚थानीयले लखेट्दा ज्यान जोगाउन नदीमा हामफालेको, मृत्यु वा घटनाका रुपमा बोलेका छन ।

अधिकांश समाचार पहिलो पृष्ठमा छापिएका छन् ।

समाचार सन्तुलन देखिँदैन । एक पक्षीय समाचार प्रकाशन भएको देखिन्छ ।

पीडक पक्षको उपस्थीति समाचार पाइँदैन । अखबारमा प्रकाशित फोटाहरु पीडित परिवारका छन् ।

तर पीडक वा घटनामा संलग्नहरुको फोटो प्रकाशन भएको छैन । केही पत्रिकाले रुकुम पश्चिम घटनालाई समाचारले सामग्रीका हिसाबले निकै कम महत्व दिए ।

नेपाल समाचारपत्रले जम्मा दुईवटा समाचार मात्र छापेको छ । त्यो पनि भित्री पृष्ठमा । समग्रमा हेर्दा सबैभन्दा नेपाल समाचारपत्र र हिमालय टाइम्सले रुकुम घटनालाई निकै कम प्राथमिकता दिएका छन् ।

मिडियाले घटना हुनुको कारणसहित समाचार सामग्री प्रकाशन गर्नु सकारात्मक औल्याइएको छ ।

अध्ययनमा अन्नपूर्ण, कान्तिपुर, गोरखापत्र, नयाँ पत्रिका, नागरिक, नेपाल समाचारपत्र, राजधानी र हिमालय टाइम्सका एक महिना (२०७७ जेठ २२ देखि असार १२) सम्मका समाचार, लेखचरना र सम्पादकीय समेटिएको छ । पुस्तकको प्रकाशन दलित महिला केन्द्र नेपालले गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com