अक्टोबर र नोभेम्बरमा २०२१ का नेपाली डिभी विजेतालाई सिमाबन्दी, भिसा जनवरी अगाडि नपाउने


प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अक्टोबर महिनाको भिसा बुलेटिन जारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरसम्म २०२१ का डिभी विजेताहरुलाई कार्यकारी आदेशमार्फत भिसामा रोक लगाएका छन् भने अर्कोतर्फ ब्यूरो अफ कन्सुलर अफेयर्सले पनि भिसा बुलेटिनमार्फत सिमाबन्दी लगाएको छ ।

आगामी डिसेम्बरसम्म २०२१ का डिभी विजेताहरुले भिसा पाउने सम्भावना नरहेपछि अमेरिकामा रहेका डिभी विजेताहरुले भने आफ्नो स्टाटस एड्जस्ट गर्न सक्नेछन् । अक्टोबर महिनाका लागि नेपाली डिभी विजेता नेपालीहरुका लागि १०५० सम्म केस नम्बरको सिमाबन्दी तोकिएको छ । अर्थात १०५० भन्दा तल केस नम्बर हुनेहरुले अक्टोबरमा प्रकृया अगाडि बढाउन सक्नेछन् ।

त्यस्तै नोभेम्बरका लागि नेपालीहरुका लागि २७ सय सम्म केस नम्बरको सिमाबन्दी तोकिएको छ । अर्थात् अमेरिकामा हुने २७ सयसम्म केस नम्बर हुनेहरुले नोभेम्बरमा स्टाटस एड्जस्ट गर्न सक्नेछन् । अमेरिकामा गैरकानुनी उपस्थीति नभएकाहरुलेमात्र भिसा एड्जस्ट गर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खासगरी अमेरिकामा विद्यार्थी लगायत विभिन्न गैरआप्रवासी भिसामा रहेकाहरु र टीपीएसमा जानु अगाडि गैरकानुनी उपस्थीति नभएका टीपीएसवाहकले समेत स्टाटास एड्जस्ट गर्न सक्नेछन् । अमेरिकाबाहिरबाट कन्सुलर प्रकृयाबाट भिसा लिन चाहनेहरुले भने आगामी जनवरीसम्म प्रतिक्षा गर्नुपर्ने देखिएको छ ।

व्यवहारिक रुपमा भने २७ सय सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले आगामी जनवरीमा भिसा प्राप्त गर्नसक्नेछन् । त्यो अगाडि उनीहरुले बाँकी प्रकृया भने अगाडि बढाउन सक्नेछन् । यस्तो सिमाबन्दी इजीप्ट र इरानलाई पनि तोकिएको छ ।

सन् २०२० को डिभीमा छनौट भएका २६ सय बढीले भिसा पाएनन्

सन् २०२० को डिभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु भिसाको प्रतिक्षामा रहेका थिए । उनीहरुले  सेप्टेम्बरको अन्त्यसम्मा भिसा पाइसक्नुपर्ने नियम रहेको छ । सेप्टेम्बरसम्म भिसा नपाए सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ ।

मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो । तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्चमहिनामा प्राथमिक डिभी विजेता ११२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।

फरबरीमा भने डिभी विजेता, उनीहरुका दम्पत्ति र छोराछोरीगरी ३०३ जना नेपालीहरुले भिसा पाएका थिए । उनीहरुमध्येका कैयन कोरोनाको महामारीका कारण अमेरिका आउन पाएका छैनन् । त्यस्तै जनवरीमा ४१२ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए ।

चालु आर्थिक बर्षका लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये जम्मा १०६९ जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गरिसकेका छन् ।

२०२१ का लागि डिभी लोटरी विजेता नेपाली ३८०१, एसियामै दोश्रो

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको जनाएको छ ।

उनीहरुले गत अक्टोबरको २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेका थिए । गत जुन ६ मा डिभी लोटरीको नतिजा आएपनि कतिजनालाई डिभी लोटरी परेको थियो भन्नेबारे सार्वजनिक गरिएको थिएन ।

सन् २०२१ का डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण भिसा पाउन कम्तीमा आगामी जनवरीसम्मका लागि ढिलाई हुने भएको छ । अर्थात् उनीहरुले सन् २०२१ को जनवरीपछिमात्र भिसा प्राप्त गर्न सक्नेछन् ।

 

डिभी विजेतामा नेपाल एसियामा दोश्रो

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

युरोपमा भने रसियाका ६ हजार १, युक्रेनका ५६ सय ०४ र अल्बानियाका ३९ सय ६२ जनाले डिभी लोटरी पारेका छन् । रोचक त के छ भने इरान, अल्जेरिया, सुडान र रसियाका नागरिकलाई एउटै संख्यामा अर्थात् हरेक देशका ६ हजार १ लाई डिभी लोटरी परेको छ ।

नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी

सन् २०२१ का लागि नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी परेको छ । बु्रनाईका १ जनालाई डिभी परेको छ भने एकजनालाईमात्र डिभी लोटरी परेका अन्य देशहरु झण्डै आधादर्जन छन् ।

डिभीको नतिजा चेक गर्न र डिभी भर्न यो वेवसाइटमा क्लीक गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com