आभार र कृतज्ञता व्यक्त गर्ने ७ सृजनशिल तरिकाहरु


प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार

– मेरियाना खिडाकेल

आभार र कृतज्ञता व्यक्त गर्नाले सकरात्मकता बढ्छ। तनाव कम गर्न र समग्र भलाई हुन सहयोग पुग्छ । सहानुभूति, सम्बन्ध र कृतज्ञता यति मूल्यवान छ कि हामीले यो वर्ष जति पनि चुनौतिहरुको सामाना ग¥यौं, त्यस पछि त झनै यो महत्वपूर्ण हुँदै गईरहेको छ ।

सामुहिक चिन्ता हटाउन एकअर्कोको राम्रो कामको प्रशंसा पनि एकदमै जरुरी हुन्छ । एक अर्काको मूल्यांकन गर्नु पनि सामुहिक चिन्ता समाधानको उपाय हो । विज्ञानका अनुशार पनि आभार व्यक्त गर्नाले हाम्रो समृद्घी बढ्ने, चिन्ता कम हुने र समग्र विकासमा मद्दत पुग्ने हुन्छ ।

हामीले आभार व्यक्त गर्ने केही तरिकाबारे केही व्यक्तिका अनुभव शेयर गर्दैछौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हस्तलिखित कार्ड पठाउनुहोस्

आफू आभारी रहेको देखाउन मैले अपनाउने एक तरीका भनेको हस्तलिखित कार्ड लेखेर तयार पारेर हुलाकबाट पठाउनु हो । मलाई थाहा छ कि हुलाकबाट केही व्यक्तिगत कुराहरु प्राप्त गर्दा यसले व्यक्तिको दिनलाई उज्यालो बनाउँदछ । त्यसैले म अरुलाई पनि खुसी पार्न चाहन्छु, जसको म कदर गर्दछु ।

-जुली स्मिथ, बरिष्ठ मार्केटिंङ् विशेषज्ञ, नर्थ क्यारोलिना

फोन वा सन्देश

आभार व्यक्त गर्ने अर्को सबैभन्दा उत्तम तरीका प्रोत्साहनको सानो सन्देश मार्फत पनिै हो । एक कल फोन, ई–मेल, टेक्स्टले अविश्वसनीय रुपमा सशक्तिकरण प्रदान गर्छ । हामी मध्ये धेरैजसोलाई अरुको प्रशंसा गर्ने र आभार व्यक्त बानी कम हुनसक्छ ।

धन्यबाद दिन वा धन्यबाद लिन कत्तिको महत्वपूर्ण छ भनेर हामी बिर्सन्छौं । यस्ता साना प्रयासहरुले एक अर्कालाई माथि उठ्न मद्दत पुग्छ ।

– थेरेसा लैम्बर्ट, पेशेवर प्रशिक्षक, क्यानडा

उपहार पठाउनुहोस्

तपाई कसैको कदर गर्नु हुन्छ भनेर देखाउने सबैभन्दा राम्रो तरीका हो, उपहार दिनु । जब तपाई बिसन्चो हुनुहुन्छ वा जीवनमा केहि उत्सब मनाउँदै हुनुहुन्छ भने कोही कसैबाट एक्कासी उपहार पाउादा उर्जा भरिन्छ । म आफ्नो साथीहरु तथा परिवारको सामुहिक उपस्थितिमा सरपराइज दिन मन पराउँछु । यसबाट मैले उनीहरुको कति कदर गर्छु भन्ने देखिन्छ । थोरै उपहारको साथमा प्रेम र कृतज्ञता पठाउँदाको खुसी हो, यो ।

– एजेला नेकपील, कपीराईटर, फिलिपिन्स

बदलामा केही आशा नगरी सहयोग गर्नुहोस्

बदलामा कुनै अपेक्षा नगरी सहयोग गर्नुहोस् । मार्चको सुरुमा मलाई इटलीबाट फर्किएका एक विद्यार्थीबाट कोबिड १९ संक्रमण भयो । मलाई थाहा थिएन कि म कसरी आफ्ना लागि खाद्यान्न किनमेल गरौं ? एक हप्तासम्म मैले खाद्यान्न प्राप्त गर्न नसक्दा मेरो एक साथीले मेरा लागि ग्रोसरी सामान ल्याईदिने प्रस्ताव गरिन् । ग्रोसरीसँगै मैले सेतो गुलाबको सुन्दर गुच्छा पनि पाएँ । उनले मसँग त्यसको पैसा लिन पनि इन्कार गरिन् । बदलामा उनले यस्तै सहयोग अरुलाई पनि गर्न भनिन् । जुन मैले मेरा छिमेकी जेष्ठ नागरिकहरुलाई धेरै पटक गरेको छु ।

– सु पाल्मर कोन, बेलायत

साथीहरुको सानोसानो विवरण याद गर्नुहोस्

जब कसैले मेरो बारेमा ससाना कुरा सम्झन्छ, त्यो मेरा लागि निकै महत्वपूर्ण हुन्छ । म उनीहरुका लागि महत्वपूर्ण रहेछु भन्ने अनुभव हुन्छ ।

म तिनिहरुका लागि महत्वपूर्ण छु । हामी सबैले शेयर गरेका हुन्छौं की हामीलाई के मनपर्छ । के गर्दा हामी भावुक हुन्छौं ? हामी केलाई माया गर्छौ ? जस्ता कुराहरु कसैले याद गर्छन् भने उसले आफ्नो ख्याल गर्दोरहेछ, कदर गर्दे रहेछ भन्ने अनुभव हुन्छ ।

– फ्रांसेस्को ओनोराटो, एरिजोना

समुदायका व्यक्तिलाई पनि धन्यवाद दिनुहोस्

समुदायका लागि निस्वार्थ काम गर्ने कैयन व्यक्तिहरु हुन्छन् । त्यस्ता व्यवसायिहरु, संगठनहरु र समुदायका सदस्यहरुलाई धन्यवाद नोट पठाएर कृतज्ञता व्यक्त गर्न सकिन्छ । यसले अरुका लागि निस्वार्थ सामाजिक काम गर्ने व्यक्तिहरुको मुहारमा मुस्कान ल्याउनसक्छ ।

– क्यारी म्याकेचरण, ओन्टारियो

डोनेशन गर्नुहोस्

स्थानिय फुड बैंक, पुस्तकालय या विद्यालयलाई सानोतिनो डोनेशन दिएर आभार व्यक्त गर्न सकिन्छ । कसैको बारेमा सोचिरहेको देखाउनका लागि उनीहरुका नाममा रक्तदान समेत गर्नसकिन्छ ।

– जेएस, मासाचुसेट्स

अनुवाद र संक्षीप्तीकरण :  तुलसा बस्नेत

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com