अमेरिकी राष्ट्रपति चुनाव आउन ४५ दिन, १३ ब्याटलग्राउण्ड राज्यमध्ये १० मा बाइडेनको अग्रता


प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति चुनाव आउन अब ४५ दिनमात्र बाँकी रहेको छ । तर चुनाव कस्ले जित्छ त्यो थाहा पाउन भने विगतका चुनावको तुलनामा लामो समय प्रतिक्षा गर्नुपर्ने छ । हुलाकमार्फत मतपत्र पठाएर मतदान यसबर्ष अत्याधिक हुने भएकाले चुनावी परिणाममा ढिलाइ हुने भएको हो ।

चुनावी परिणामबारे विभिन्न खाले अनुमानहरु भने आइरहेका छन् । विभिन्न खाले सर्वेक्षणहरुमा जो बाइडेन अगाडि देखिएका छन्, जसरी ४ बर्ष अगाडिको चुनावमा हिलारी अगाडि देखिएकी थिइन् । तर यसपटक फरक के छ भने अधिकांश सर्वेक्षणहरुमा बाइडेन ५० प्रतिशतको नजिक देखिएका छन्, जसका कारण ४ बर्ष अगाडिको तुलनामा डोनाल्ड ट्रम्पको स्थीति खराब देखिएको छ ।

पछिल्लो रियल क्लीयर पोलिटिक्सको सर्वेक्षणमा बाइडेन ४९ दशमलव ३ प्रतिशतमा रहेका छन्, जुन ट्रम्पको तुलनामा ६ दशमलव २ प्रतिशत बढी छ । ४ बर्ष अगाडिको चुनावमा यस्तै सर्वेक्षणमा हिलारीको अवस्था ४४ दशमलव ९ प्रतिशतमात्र रहेको थियो । त्यतीबेला हिलारीले ट्रम्पले झण्डै १ प्रतिशतलेमात्र लिड गरेकी थिइन् ।

कैयन ब्याटलग्राउण्ड राज्यहरुमा बाइडेनको अग्रता झण्डै २ प्रतिशतको हाराहारीमा रहेको छ । रियल क्लीयर पोलिटिक्सको सर्वेक्षणमा फ्लोरियामा बाइडेन ट्रम्पभन्दा २ प्रतिशत प्वाइन्टले अगाडि छन् । फ्लोरिडामा ४ बर्ष अगाडिको चुनावमा हिलारी ४५ दशमलव २ प्रतिशत र ट्रम्प ४६ दशमलव २ प्रतिशतको अवस्थामा थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१३ वटा मुख्य ब्याटलग्राउण्ड राज्यहरुमध्ये १० मा बाइडेनले लिड गरिरहेका छन् । ट्रम्पले जर्जिया, आयोवा र टेक्सासमा लिड गरिरहेका छन् । बाइड्न फ्लोरिडामा ४९ प्रतिशतको नजिक छन् भने एरिजोनामा ४९ दशमलव २, मिसिगनमा ४७ दशमलव ८, मिनेसोटामा ५१ दशमलव ६, न्यु ह्याम्सशायरमा ४८, पेन्सिलभेनियामा ४९ र विसकन्सिनमा ५० प्रतिशतको अवस्थामा रहेका छन् ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com