गिन्सबर्गको अन्तिम इच्छा – ‘नयाँ राष्ट्रपतिले मेरो स्थानमा न्यायाधिस नियुक्त गर्नु’


प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार

अमेरिकी सर्वोच्च अदालतका न्यायाधिस रुथ बेडर गिन्सबर्गले मृत्यु अगाडि अन्तिम इच्छा व्यक्त गर्दै नयाँ राष्ट्रपति निर्वाचित नहुँदासम्म आफ्नो स्थानमा नयाँ न्यायाधिस नियुक्त नहोस् भन्ने चाहेको जनाइएको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन अब ४५ दिनमात्र बाँकी रहेको छ । उनले मृत्यु अगाडि भनेकी थिइन् – ‘मेरो सबैभन्दा उत्कट चाहना यो छ कि नयाँ राष्ट्रपति निर्वाचित नहुँदासम्म मेरो स्थानमा अरुको नियुक्ती हुनेछैन ।’

गिन्सबर्गले मृत्यु अगाडि क्लारा स्पेरासँग आफ्नो इच्छा व्यक्त गरेको जनाइएको छ ।
गिन्सबर्गको को ८७ बर्षको उमेरमा शुक्रबार निधन भएको हो । उनको निधनपछि सर्वोच्च अदालतमा आगामी कैयन बर्षसम्म नयाँ आकार दिनेगरी न्यायाधिसको स्थान रिक्त भएको छ ।

गिन्सबर्ग सन् १९९३ मा अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधिस नियुक्त भएकी थिइन् । उनी सर्वोच्चमा लिबरल न्यायाधिसका रुपमा परिचित थिइन् । अमेरिकाको सर्वोच्च अदालतका ९ न्यायाधिसहरुमध्ये ५ जना कन्जरभेटिभ र ४ जना लिबरल रहेकोमा लिबरल न्यायाधिस गेन्सबर्गको निधन भएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधिस जोन रोबर्टस कन्जरभेटिभ मानिन्छन् ।

रुथ बेडर गिन्सबर्ग सन् १९९३ मा राष्ट्रपति बिल क्लिन्टनबाट सर्वोच्चको न्यायाधिसमा नियुक्त भएकी थिइन् । विगत केही बर्षदेखि उनले अमेरिकामा अध्यागमन, समलिंगी विवाह, मतदान अधिकार लगायतका कैयन सामाजिक र राजनीतिक विषयहरुमा प्रगतिशिलताको पक्ष्रामा मतदान गर्दै आएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी क्यान्सरबाट पीडित थिइन् । किमोथेरोपी दिइएपनि उनी दैनिक कामकाज गर्न सफल रहदै आएकी थिइन् । सन् १९८० देखि सन् १९८३ सम्म भने उनी अमेरिकाको पुनरावेदन अदालतमा न्यायाधिस रहेकी थिइन् ।

रिपब्लिकन नियुक्त न्यायाधिसको बहुमत

अमेरिकाको सर्वोच्च अदालतकी न्यायाधिस रुथ बेडर गेन्सबर्गको निधनपछि उनको स्थानमा नियुक्तिका लागि प्रस्ताव गरिने न्यायाधिसका पक्षमा सिनेटमा मतदान गरिने सिनेटका रिपब्लिकन नेता मिच म्याक्कोनेलले बताएका छन् । चुनाव अगाडि नै नयाँ न्यायाधिस नियुक्त गरिएको खण्डमा अमेरिकाको सर्वोच्च अदालतमा ६ जना रिपब्लिकनले नियुक्त गरेका न्यायाधिस र ३ जना डेमोक्र्याट्सले नियुक्त गरेका न्यायाधिसहरु हुनेछन् ।

सर्वोच्च अदालतमा ६ जना कन्जरभेटिभ न्यायाधिस हुँदा अमेरिकाको राजनीतिक परिदृश्यमा ठूलो असर पर्नसक्ने सम्भावना रहन्छ । गेन्सबर्गको निधन अगाडि सर्वोच्च अदालतमा ५ जना रिपब्लिकन नियुक्त र ४ जना डेमाक्र्याट्स नियुक्त न्यायाधिसहरु रहेका थिए । ५ जना कन्जरभेटिभ र ४ जना लिबरल न्यायाधिस हुँदा प्राय राष्ट्रिय मुद्दामा रिपब्लिकनका पक्षमा निर्णय हुँदै आएको थियो ।

नोभेम्बरको चुनाव अगाडि नै रिपब्लिकनले नयाँ न्यायाधिस नियुक्त गर्न सफल भएमा यसको असर अमेरिकी राजनीतिमा आगामी कैयन बर्षसम्म पर्नेछ । अमेरिकाको सर्वोच्च अदालतका न्यायाधिस नियुक्त गर्दा राष्ट्रपतिले नोमिनेशन गर्ने र सिनेटमा मतदान हुने प्रावधान रहेको छ । सिनेटमा साधारण बहुमतले पारित गरेमा मात्रपनि उक्त व्यक्तिलाई न्यायाधिस नियुक्त गरिन्छ ।

अहिलेको अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत रहेकाले राष्ट्रपतिले नोमिनेशन गरेको न्यायाधिसका पक्षमा मत जुटाउन रिपब्लिकनहरुलाई कुनै गाह्रो छैन । गेन्सबर्गको मृत्युको घोषणा भएको एकघण्टा पनि नबित्दै सिनेटमा रिपब्लिकन नेता म्याक्कोनेलले वक्तब्य जारी गरेर राष्ट्रपतिले नोमिनेट गरेको व्यक्तिलाई मतदान गरेर नियुक्तीको बाटो खोल्ने बताइसकेका छन् । यद्यपी कसलाई नियुक्त गर्ने भन्नेबारे अहिलेसम्म केही स्पष्ट छैन ।

राष्ट्रपति ट्रम्पले आफ्ना पक्षका न्यायाधिसलाई नियुक्त गर्न यथाशीघ्र कदम चाल्ने अनुमान गरिएको छ । तर ट्रम्पले शुक्रबार यसबारे केही बताएका छैनन् । उनले केबल स्वर्गीय गेन्सबर्ग असल महिला भएको मात्र प्रतिकृया दिएका छन् । राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले भने चुनाव हुन ४६ दिनमात्र बाँकी रहेको अवस्थामा चुनाव अगाडि सिनेटबाट न्यायाधिसको नाम पारित गर्न नहुने बताएका छन् ।

सन् २०१६ मा न्यायाधिस एन्टोनिन स्कालियाको निधन फरबरीमा हुँदा तत्कालिन राष्ट्रपति बराक ओबामाले गाल्र्याण्डलाई नोमिनेट गरेका थिए । तर सिनेटले चुनाव अगाडि न्यायाधिसको नाममा मतदान गरेन । पछि डोनाल्ड ट्रम्प नियुक्त भइसकेपछि निल गोर्सचलाई नियुक्त गरेका थिए भने सिनेटले पनि उनको नाम पारित गरेको थियो ।

चुनाव हुन जम्मा ४६ दिन रहेको अवस्थामा नयाँ न्यायाधिसको नामबारे सिनेटमा मतदान हुन नहुने डेमोक्र्याट्सले बताएपनि ट्रम्प र रिपब्लिकनहरु यसमा सहमत हुने सम्भावना भने निकै कम छ । बिल क्लिन्टनले गेन्सबर्गलाई सन् १९९३ मा सर्वोच्च अदालतको न्यायाधिस नियुक्त गर्दा पनि झण्डै ७० दिन लागेका थियो ।

यसअगाडि सन् २०१८ मा रिटायर्ड भएका एन्थोनी केनेडीको स्थानमा पनि डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए । एन्थोनी केनेडीलाई रोनाल्ड रेगनले नियुक्त गरेपनि उनी सधै कन्जरभेटिकका पक्षमा भने उभिएका थिएनन् । बराक ओबामाको कार्यकालमा भने सर्वोच्च अदालतमा २ जना न्यायाधिस नोमिनेट गरेका थिए, जसमा दुबैजना महिला थिए ।

सर्वोच्च अदालतमा रिपब्लिकन नियुक्त न्यायाधिस ६ जना पुगेमा कुनै पनि प्रगतिशिल मुद्दाका पक्षमा सर्वोच्चबाट निर्णय पाउन मुस्किल हुनेछ । जसका कारण अमेरिका कैयन बर्षसम्म रुढीवादमा जकडिन सक्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com