Follow @khasokhasmag

नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५३९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४१ हजार ७०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०६८ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१.५ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १६ हजार २४२ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार ५४१ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ७०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ७ हजार ८२० रहेका छन् । आज १० हजार ४९४ जनाको पिसिआर परिक्षण गरिएको छ ।

थप ८ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com