कोरोनाभाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ । राष्ट्रव्यापी लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन पनि फ्रान्स सरकारले सतर्कता बढाएको हो ।
सोमबार घोषणा गरिएका नयाँ प्रतिबन्धहरु मार्से र बोर्डो शहरमा लागू हुँदैछन् । यी दुई शहरमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या एकाएक बढेको छ । क्षेत्रीय स्वास्थ्य सेवामा पनि संक्रमितका कारण दबाब बढेको छ । बोर्डो शहरमा एकजना वरिष्ट सरकारी अधिकारीले १० जनाभन्दा बढी व्यक्ति सार्वजनिक पार्कमा भेला हुन निषेध गरेका छन् भने नदी र बिचमा पनि मानिसलाई आवतजावत हुन रोक लगाइएको छ ।
साथै मनोरञ्जनात्मक कृयाकलापहरु र छिमेकीहरुबीच भेला समारोह गर्न बन्देज गरिएको छ । केन्द्र सरकारले ५००० सम्म मानिस भेला हुन पाउने छुट दिए पनि बोर्डो शहरमा यस्तो भेला १००० मा सीमित गरिएको छ । यो सीमा रंगशाला र कन्सर्ट तथा प्रदर्शनका सन्दर्भमा लागू हुनेछ ।
फ्रान्सकै दोस्रो ठूलो शहर मार्सेमा पनि बोर्डोझैं प्रतिबन्धहरु अघि सारिएका छन् । फ्रान्सको स्वास्थ्य विभागले शनिबार मात्र २४ घण्टाको अवधिमा देशभर १० हजार नयाँ कोरोना संक्रमित फेला परेको जनाएको छ । एपी
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।