अनलाइन कक्षाको शुल्क लिन सरकारको अनुमति


प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार

सरकारले अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरूलाई शुल्क लिन अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेर अनलाइनलगाएत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै निजी विद्यालयहरूले शुल्क लिन पाउने भएका हुन् ।

निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ’, निर्देशिकामा भनिएको छ । यसअघि मन्त्रालयले अनलाइन शिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । विद्यालयहरूले असार १ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com