यसकारण गर्भधारणमा महिलाको नियन्त्रण कायम गर्न आवश्यक


प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार

– रशेल नूवर (बीबीसीबाट साभार )

विश्वको हरेक क्षेत्रमा पुरुषहरुकै दबदबा रहेको छ । महिलालाई यहाँ कमजोर र पुरुषकै माताहतमा मान्ने सोंच व्यप्त रहेको छ । जतिपनि औषधी विज्ञानको क्षेत्रमा अनुसन्धान भएको छ, त्यहाँ पनि पुरुषलाई केन्द्रमा राखेर, पुरुषकै नजरबाट गरिएको छ । हामीले दुनियाँलाई पुरुषकै दृष्टिकोणबाट हेर्दै र जान्दै आएका छौं ।

बच्चा जन्माउने कुरामा पनि लामो समयदेखि महिलाको यसमा कुनै पनि भूमिका नहुने र पुरुषकै कारण महिलाहरू बच्चा जन्माउने लायक हुने मानिदै आएको छ । तर एक नयाँ अनुसन्धानले यी सबै दावीहरुलाई गलत समाबित गरिदिएको छ । पछिल्लो अनुसन्धानका अनुसार कैयौँ प्रजातिहरूमा बच्चा जन्माउनका लागि आमाले नै धेरै तरिका अपनाउने गरेको पाइएको छ ।

उदाहरणका लागि साल्मनले आफ्नो इच्छा अनुसारको शुक्रकिटलाई अण्डाशयसम्म आउन दिन्छ । यसले शुक्रकिटको गतिलाई कम वा बढी पनि गराउन सक्छ । त्यसैले झिंगाले शुक्रकिटलाई आफ्ना विशेष अंगमा जम्मा गरेर आफूलाई मनपर्ने भाले झिंकाको शुक्रकिट आफ्नो इच्छा अनुशार प्रयोग गर्नसक्छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अहिलेका महिलाहरुसँग बच्चा जन्माउने कि नजन्माउने भन्ने निर्णय लिने स्वतन्त्रता छ ।

बजारमा धेरै प्रकारका गर्भनिरोधक औषधीहरु पाइन्छन् । यसका साथै गर्भपात गर्ने विकल्प पनि छ । तर सामाजिक जञ्जालका कारण महिलाहरू यी विकल्पहरूको प्रयोग समेत आफ्नो इच्छाले गर्न पाउँदैनन् ।

धेरै पुरुषहरुले महिलालाई यी विकल्पको छनौट गर्ने अधिकार दिँदैनन् । कहिले समाज, कहिले धर्म र कहिले संस्कृतिको आडमा महिलाको स्वतन्त्रताको हनन गरिदै आएको छ । अहिले पनि कैयन देशहरूमा गर्भपतन अवैधानिक मानिन्छ । अमेरिका र आयरल्याण्ड जस्तो विकसित मुलुकहरुमा पनि गर्भपतन गराउनका लागि कैयन कानुनी झन्झटहरु रहेका छन् ।

प्रजनन नियन्त्रण गर्ने तरिकासँग पहुँच बनाउनुको अर्थ यो होइन कि सबै तरीकाहरु अचुक हुन्छन् । कंैयौँ पटक गर्भनिरोधक उपायहरु पनि विफल भएका हुन्छन् । यौनकर्मीहरुलाई सुरक्षाको लागि दबाव दिइएको हुन्छ । महिलालाई कहिले र कस्तो अवस्थामा यौनसम्पर्क राख्ने भन्ने सन्दर्भमा महिलाको इच्छालाई पूरै वेवास्ता गरिएको हुन्छ । प्राय यौनकर्मीहरुको त बलात्कार नै हुन्छ ।

महिलालाई चाहेका पुरुषसँग इच्छा अनुसार गर्भधारणको अधिकार प्राप्त भएमा समाज र महिला दुबैलाई राम्रो हुन्छ । समाजमा उनीहरुको भूमिका पनि बढ्छ । तर यस्ता महिलाहरु त्यस्ता पुरुषको निशानामा आउने सम्भावना पनि रहन्छ, जो पुरुषहरु यो अधिकार महिलालाई दिन चाहन्नन् ।

हामी आफूलाई सभ्य र विकसित समाज भन्ने गर्दछौ । तर सत्य त यो हो कि हामी आज पनि यस्तो संसारमा रहेका छौं, जसमा महिलाहरुको आफ्नो शरीरमा अधिकार र नियन्त्रण छैन ।

इच्छा विपरित गर्भधारण

सन् २०१२ को तथ्यांक अनुसार संसारमा प्रत्येक वर्ष कÞरीब साढे ८ करोड महिला इच्छा विपरित गर्भवति हुने गर्दछन् । अमेरिका जस्ता देशमा यो अनुपात अझ धेरै रहेको पाईन्छ । अनिच्छित गर्भधारणबाट बच्नका लागि संसारभर करिब ५० करोड महिलाले गर्भ निरोधक औषधी खान्छन् । जसबाट कैयन समस्याहरुको सामना गर्नुपर्छ ।

यसमा तनाब,माइग्रेन, चिन्ता, रगत बग्ने जस्ता समस्याहरु उनीहरुको जिवनका सामान्य जस्तो बनेको छ । धेरै जस्तो महिलाहरु अनिच्छित गर्भधारणबाट बन्धायाकरणको सहारा लिने गरेका छन् । तर,यो सबैभन्दा बढी खतरनाक हुन्छ । यसबाट महिलाहरुको मृत्यु पनि हुन्छ ।

कतिपयको तर्क छ कि महिलालाई यौन अधिकार दिइएको खण्डमा उनीहरुका सेक्स पार्टनरहरू बढ्ने छन् र असुरक्षित यौन सम्पर्कबाट विभिन्न प्रकारका यौन रोगहरु लाग्नसकछन् । तर अनुसन्धानले यस्तो तर्क अस्वीकार गर्दै आएको छ ।

गर्भनिरोधमा महिलालाई पहुँच दिंदा अनिच्छित गर्भधारणमा कमी मात्र आएको छैन, गर्भपतनमा पनि निकै कमी आएको छ । एक अमरीकी अध्यायनका अनुशार गर्भनिरोधकको सबैभन्दा ठूलो फाईदा किशोरीहरूलाई भएको छ । उनीहरुले गर्ने गर्भपतनमा निकै कमी आएको छ । विश्व स्वास्थ्य संगठनका अनुशार हरेक बर्ष साढे २ करोड महिलाहरुको असुरक्षित गर्भपतन हुन्छ ।

धेरै जसो गर्भपतन गर्नेहरु अज्ञानी हुन्छन् । सरसफाईमा ख्याल गर्दैनन् । जसको कारण महिलामा बिभिन्न प्रकारका संक्रमण हुन्छ । यसरी गर्ने गर्भपतको बेला कैयौँ महिलाको मृत्यु हुन्छ । अमरिकामा यस्ता महिलाको उपचारमा साढे ५ करोड डलर खर्च हुँदै आएको छ ।

मुलुकहरुमा गर्भपतन गराउन धेरै सुरक्षित मानिन्छ । यहाँ कसैको पनि स्वास्थ्यमा कुनै खतरा नहुने मान्ने गरिएको छ । तर ल्याटिन अमरीका वा कैयन अफ्रीकÞी देशमा गर्भपतन गर्नुको अर्थ ज्यान जोखिममा राख्नु हो ।

यदि गर्भधारण महिलाको इच्छा अनुसार हुने हो भने उनीहरू गर्भवती पनि योजना अनुसार हुनेछन् । र बच्चा नजन्मदासम्म डाक्टरहरूहरुको सल्लाह अनुसार आफ्नो हेरचाह गर्नेछन् । यदि उनीहरु कुनै समस्याको कारण गर्भपतन गर्न चाहेमा पनि त्यो सुरक्षित हुनेछ ।

साथै योजनाबद्ध गर्भधारणले जन्मदर कम हुन्छ । यसको अर्थ रातारात जनसंख्यामा नियन्त्रण भने हुँदैन । अहिले पनि कैयौँ महिलाहरु धेरै बच्चा जन्माउने चाहाना राख्छन् । कसैलाई धेरै बच्चा जन्माउने समाजिक दवाब पनि हुन्छ । यसको साथै छोरा जन्माउने दवावमा पनि महिलाले धेरै बच्चा जन्माउनु परेको छ ।

गर्भवती हुने निर्णय महिलाले लिए के होला ?

गर्भधारणको निर्णय गर्ने अधिकार महिलाको हातमा गएमा महिला र समाज दुबैलाई राम्रो हुन्छ । महिलाले समयमै पढ्न, जागिर गर्न वा व्यावसाय गरेर आर्थिक रुपमा आत्मनिर्भर हुनसक्छन् । उनीहरु आफ्नोबारे निर्णय गर्न स्वतन्त्र हुन्छन् । यसबाट महिला र परुषबीचको सम्बन्धमा पनि नयाँ परिभाषा आउनेछ ।

प्रगतिशील देशहरुमा यस्तो परिवर्तनबाट समाज र महिला पुरुषको सम्बन्धमा चमत्कार नै गरेको छ । महिलाहरू निर्णय लिने स्थानमा भएपछि एक सुखी परिवार, दयालु र शान्तिपूर्ण समाज निर्माण हुनेछ । महिलाहरुको आत्मविश्वास भनेकै एक स्वच्छ समाजको अक्सिजन हो । उनीहरु समाजमा जति धेरै जिम्मेबारी पुरा गर्दछन्, समाज उति नै राम्रो हुँदैजान्छ ।

गर्भधारणको अधिकार महिलामा हुने स्वतन्त्रता भयो भने धेरै उमेर भएका महिलाहरु पनि आमा बन्नेछन् । अहिले पनि उमेर धेरै भएपछि बच्चा जन्माउन चाहने महिलाको संख्या ठूलो छ । यदि महिलाहरू बढी उमेरमा पनि आमा बन्न सक्दछन् भन्ने विश्वास भएपछि चाँडो भन्दा चाडो पहिलो बच्चा जन्माउने दबाब हुँदैन । जसले गर्दा उनीहरु आत्मर्निभर बन्नमै समय खर्च गर्नेछन् ।

बढी उमेरमा आमा बन्दा कैयन खतराहरु हुने तर्क समेत गरिन्छ । तर चिकित्सा विज्ञानको यति धेरै प्रगतिभएको छ कि यी सबै कुराहरु नियन्त्रण गर्न सकिन्छ । कलिलो उमेरमा भन्दा पाको उमेरमा बच्चा जन्माउन धेरै सजिलो हुन्छ ।

आज चिकित्सा विज्ञानले यति धेरै विकाश गरेको छ कि शुक्रकिटलाई भविष्यका लागि सुरक्षित समेत राख्न सकिन्छ । महिलाहरू जतिबेला चाहान्छन त्यतिबेला प्रयोग गरेर गर्भवती हुनसक्छन् ।

उनीहरुलाई स्वतन्त्रता हुनेछ कि उनीहरु आफूले चाहेको पुरुषको बच्चा आफनो कोखमा हुर्काउन सक्नेछन् । तर हाम्रो समाज यसका लागि अझै तयार छैन ।

पुरुषहरूले कहिलेपनि आफ्नी श्रीमतिको कोख अरु कोही पुरुषको शुक्रकिटले भरिएको सहन सक्दैनन् । महिलाहरुलाई यस्तो स्वतन्त्रता दिइएको खण्डमा पुरुषले सधै शंकाको दृष्टिले हेर्नेछन् ।

महिलाहरुलाई आफ्नो शरीरमाथिको अधिकार र गर्भधारणको स्वतन्त्रता दिन सबैभन्दा पहिला पुरुषहरूले आफ्नो सोच बदल्नुपर्छ ।

यो सामाग्री बीबीसीबाट साभार गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com