कोरोनाको चक्रब्यूह, बदनाम नेता र सेना परिचालनका पक्षमा रहेका ‘सिडियो साप’हरु


प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार

किशोर नेपाल

– किशोर नेपाल

कोभिड – १९ ले काठमाडौं उपत्यका आतंकित छ – यो कुनै खबर होइन । खबर सरकारी स्वामित्वको समाचारपत्र गोरखापत्रले छापेकोछ । गोरखापत्र भन्छ – सङक्रमितभन्दा निको हुने दोब्बर !

कति राम्रो समाचार । तर, होइन । पहिले गोरखापत्रले समाचार छाप्थ्यो । अहिले प्रचार छाप्छ भन्छन विज्ञहरु । जमाना विज्ञहरुकै छ । त्यसलाई पत्याउनै पर्दछ । स्वास्थ्यका विज्ञले कोरोना समाचार ‘म्यानिपुलेट’ गर्छन भन्ने आरोप लागेकोछ । सरकारले खण्डन गरेपनि कसैले पत्याउँदैन । शहरमा झण्डै झण्डै जंगी कानून लागेको अवस्थाछ । प्रकृतिप्रेमी लेखक तथा पत्रकार नारायण वाग्लेलाई पुलिसले आज बिहान गौशाला, बत्तीसपुतलीमा नियन्त्रणमा लियो । उनलाई एकघण्टा घेराबन्दी गरेपछि छाडिदियो । अग्ला नारायण वाग्ले लामा लामा पाइला चाल्दै लखरलखर शहरघुम्ने ब्यक्ति हुन । सकेसम्म चूपलाग्ने, हम्मेसी प्रतिरोध नगर्ने उनको बानी हो ।

कोरोना भाइरसले मानिस त्यति आतंकित छैनन जति पहिलेको लकडाउन र अहिलेको निषेधाज्ञाले आतंकित छन । खासगरेर, उपत्यकाका तीन जिल्ला –– काठमाडौ, ललितपुर र भक्तपुर –– को आधिपत्य पाएका प्रमुख जिल्ला अधिकारी (सजिलो भाषामा सिडियो साप) ले कोविड – १९ का नाममा जनतालाई पेल्न सेनाको परिचालन गर्नुपर्ने बताएका छन । सिडियो सापहरुले यो बताएका छैनन, सेनाले कोरोनालाई समात्छन कि कोरोनाले सेनालाई ? तर, उनीहरुको ‘रिमार्क’पछि पूरै देश आतंकले तरंगित भएकोछ । मानिसहरु घत अर्थात जोखना हेर्दैछन, सिडियो सापहरुले अगष्ट १० तारीखदेखि सडकमा सेना उतार्छन कि निषेधाज्ञा हटाउँछन !

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामाजिक संजालतिर बदनाम छन नेताहरु । केपी ओलीहरु सरकारले भ्रष्टाचार बढाएकोमा बदनाम छन भने माधव नेपालहरु सरकारको लगाम कस्न नसकेकोमा बदनाम छन । अनि, राज्यको रुपान्तरणगर्न छाडेर ओलीसंग हात मिलाउन आएका प्रचण्डहरु सरकारलाई अनियन्त्रित चल्न दिएकोमा बदनाम छन । यो बदनामीको कुनै चर्चा छैन, शहरमा कतैपनि । शहरमा हलचल हुने भनेको बिहान ११ बजेसम्म हो । त्यसपछि शहर शान्त रहन्छ, अबिचलित रहन्छ ।

काठमाडौं शहर इतिहासका बक्ररेखाहरुमा जेलिएकोछ । संगसंगै जेलिएका छन, पाटन र भादगाउँ । देशमा विधिको शासन कहिल्यै स्थापित भएन । पहिले पहिले श्री ३ महाराजपछि कम्याण्डर इन चीफ, सिनियर कम्याण्डिङ जनरल, काजी, वकील, चौतरियाहुँदै पुरोहितसम्मको शासन चल्थ्यो देशमा । अहिले पनि प्रधानमन्त्रीपछि पाँचौ पदमा छन मन्त्रीहरु । त्यसपछि आउँछन वकील । देश यिनैको रंगेलोमा छ । यो कोविडको रडाकोपछि, मानिसहरुको बिश्वासछ, केही न केही परिवर्तन त हुन्छ नै । महिला र पुरुष हँसिया र खुर्पालिएर सडकमा ओर्लिन सक्दछन ।

यसो भयोभने अहिलेसम्म तस्वीरमा देखिएको जनक्रान्ति प्रत्यक्ष देखिनेछ । हुनपनि देशमा अचाक्ली अन्याय भएकोछ । त्यत्रा राजालाई बिदा गरेर गणतन्त्र आउँदा पनि जनक्रान्ति आएन । चन्द्रशमशेरको निगाहमा सुब्बा भएका ब्यक्तिका छोरा, नाती, पनाती रोलक्रम अनुसार सत्तामा बसेको बसेकै छन । बाँकी सबै किनारा लाग्नुपर्ने अवस्थाछ । जस्तो, प्रतापसिंहको राज्यबाट बहादुर शाह निर्वासित भएका थिए । बहादुर शाहले नायव महारानी राजेन्द्रलक्ष्मीसंग संघर्ष गरेका थिए ।

यी सबै संघर्षको पछाडि फौज थियो ।

नेपाल कोभिड–१९ ले आत्तिएपनि भारतको कोरोना डाटा देखेर बेला बेलामा उत्साहित हुनेगर्दछ । भारतमा बढेको बढेकैछ । हामी कहाँ त घटदोछ । यो घट्दो र बढदोको सन्तुलन कसले मिलाउने ? कोभिडले भारतको बिदेश नीति चीनतिर भडकिएकोछ भने नेपालको बिदेश नीति लिपुलेकतिर बहकिएकोछ । यो भडकाउ र बहकाउको अन्त्यका लागि पनि कोरोना भाइरसको आतंक त हटनै पर्ला । कोरोनाभरि भारतले बिदेश नीतिको मामिलामा हलचल नगर्ने नीति लिएको सन्दर्भमा बढेको बढेकै र घटदोको अन्तर छुट्याउनै पर्ने हो । खैर, त्यसका लागि बयोबृध्द राजदूत नीलाम्बर आचार्यको बुध्दिमानीमा बिश्वास नगरी सुखै छैन ।

एचआइभी एडसको संक्रमणका बेला यो स्तम्भकार स्यानफ्रान्सिस्को शहरको फिसरम्यान ह्वार्फमा सालमोन खान्थ्यो । नापा भ्यालीको वाइन पिउँथ्यो । एउटा रोगका बिरुध्द त्यति गम्भीर सावधानी मैले कतै देखेको थिइन । त्यत्रो चेतनाका बिपरित एडस रोग बिरुध्दको अभियान सफल भएन । रोग फैलिदै गयो । फैलिएर नेपाल सम्मपनि आइपुग्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com