सुशान्त ‘आत्महत्या’ प्रकरण : प्रेमिका रिया पक्राउ


प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । मंगलबार एनसीबीको टोलीले पक्राउ गरेको न्युज एजेन्सी एएनआईले नार्कोटिक्स कन्ट्रोल ब्युरोको डिपुटी डायरेक्टर केपीएस मल्होत्रालाई उद्धृत गर्दै पुष्टि गरेको छ ।

केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रहेकी रियालाई सुशान्त सिंहआत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। सुशान्त ‘आत्महत्या’ प्रकरणमा लागु पदार्थ जोडिएपछि एनसीबी केही दिनदेखि रियासँग बयान लिइरहेको थियो । यसअघि उनका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले पक्राउ गरिसकेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com