सरकारले खुलायो जग्गा कित्ताकाट


प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार जग्गा कित्ताकट खुल्ला गरेको हो । मन्त्रालयले सोमबार एक सूचना जारी गरी कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको जनाएको छ ।

हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था खुलाउन मन्त्रिस्तरको निर्णय भएको सो मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com