जर्सी सिटी काउन्सिल प्रेसिडेन्टको सहभागितामा विशेष कार्यक्रम शनिबार, चेयर डा. बिष्णुमाया


प्रकाशित मिति : भाद्र १८, २०७७ बिहीबार

न्युजर्सीको जर्सी सिटी काउन्सिल प्रेसिडेन्ट जोयस वाटरम्यान र राष्ट्रसंघकी सोसल अफेयर्स अफिसर प्याट्रिसिया कोर्तेज सहितको सहभागितामा महामारीको बेलामा लैंगिक हिंशा र मानसिक स्वास्थ्यबारे विशेष कार्यक्रम हुने भएको छ । अमेरिका क्षेत्रको दोश्रो एनआरएनए विज्ञ सम्मेलनका क्रममा बोलो बहनले न्युयोर्क समय अनुशार शनिबार मध्यान्ह १२ बजेर १५ मिनेटमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा रेकी मास्टर टिचर तथा चिन्ता र आघात सम्बन्धि प्रशिक्षक क्लेयर स्वार्जले समेत बोल्ने कार्यक्रमको चेयर एनआरएनए आईसीसी सदस्य डाक्टर बिष्णुमाया परियारले गर्नुहुने भएको छ ।

कार्यक्रममा बियोण्ड बेइजिङ कमिटिकी अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठ, एनआरएनएन आईसीसी महिला संयोजक भोमा लिम्बु, सामाजिक कार्यकर्ता लक्ष्मी राई, कानुन व्यवसायी शिव खनाल, युवा कार्यकर्ता नेहा रायमाझीले बोल्ने जनाइएको छ । कार्यक्रमको संचालन मिस नेपाल अमेरिका २०१९ की सेकेण्ड रनर अप मेघा रौनियारले गर्ने तय भएको छ ।

झण्डै १ घण्टा जुममार्फत हुने भर्चुअल कार्यक्रममा सहभागी हुनका लागि फोरमकी चेयर डाक्टर परियारले सबैलाई आग्रह गर्नुभएको छ । लैंगिक हिंशा र महामारीका बेलामा मानसिक स्वास्थ्यका सन्दर्भमा कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको र सबैले कार्यक्रममा निशुल्क सहभागिता जनाउनसक्ने परियारले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी हुनका लागि यो जुम लिंकमा क्लीक गरेर पासवर्ड 2020 राख्नुपर्नेछ । कार्यक्रम जुम हल ३ मा हुनेछ । कार्यक्रम फेसबुकमार्फत लाइभ समेत गरिने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com