पूर्वराष्ट्रपति मुखर्जीको निधनमा भारतभर शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो


प्रकाशित मिति : भाद्र १६, २०७७ मंगलबार

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएकोले आजदेखि भारतभर शोकको घोषणा गरिएको छ । भारत सरकारले सोमबारदेखि एक हप्तासम्म भारतभर शोक मनाउने घोषणा गरेको थियो । भारतमा आज भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित देशभरका सरकारी कार्यालहरुमा राखिएको झण्डा आधा झुकाइएको छ ।

झण्डै एक महिना अगाडि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ हुनुभएका भारतका पूर्वराष्ट्रपति मुखर्जीको नयाँ दिल्लीको सैनिक अस्पतालमा उपचाररत रहेको बेला सोमबार निधन भएको थियो । सोमबारदेखि लिएर सेप्टेम्बर ६ सम्मका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ । यो शोकको समयमा भारतभर राष्ट्रिय झण्डा झुकाउनुका साथै कुनै पनि सरकारी औपचारिक कार्यक्रमहरु नगरिने जनाइएको छ । भारतीय गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर यो शोकको घोषणा गरेको थियो ।

आज भारतीय टेलिभिजनहरुले सञ्चारहरुले भारतका राट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद भवन लगायतका कार्यालहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको देखाएका छन् । उहाँ केही दिनदेखि अचेत अवस्थामा हुनुहुन्थ्यो । कोमामा रहनुभएका उहाँको सोमबार निधन भएको सो अस्पतालले घोषणा गरेको थियो ।

उहाँको राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि गरिने भएको छ । उहाँ भारतको १३ औँ राष्ट्रपति हुनुभएको थियो । उहाँको कार्यकाल सन् उहाँ २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनुभन्दा पहिला उहाँ भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता र भारतको अर्थमन्त्री समेत हुनुभएको थियो ।

विश्वका नेताहरुद्वारा श्रद्धाञ्जलि

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको निधनले आफूलाई निकै दुःख लागेको बताउनुभएको हो ।

प्रधानमन्त्री हसिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोमबार लेख्नुभएको पत्रमा भारतका पूर्व प्रधानमन्त्री मुखर्जीको निधनले आफूलाई निकै दुःख लागेको भन्दै आफ्नो र बंगलादेशका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेको बतानुभएको छ । त्यसैगरी भुटानका प्रधानमन्त्री लोतये छिरिङले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाउनु भएको पत्रमा भुटानी जनता तर्फबाट भारतीय नतालाई समवेदना दिनुभएको छ ।

त्यसैगरी श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजपाक्छेले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनको खबर सुन्दा अफूलाई निकै दुःख लागेको भन्नुभएको छ । उहाँले ट्वीट गर्दै आफ्नो तर्फबाट र श्रीलंकाली नागरिकको तर्फबाट भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको परिवार र सबै भारतीय नागरिकप्रति समवेदना व्यक्त गर्नुभएको छ । त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

भारतमा रहेको रुसी दूतावासले दिएको जानकारीअनुसार भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै रुसी राष्ट्रपति पुटिनले सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाउनुभएको छ । उहाँले सो पत्रमा रुसका एक सच्चा मित्र गुमाउन पुगेको भन्दै उहाँको कार्यकालमा रुस र भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउनुभएको छ । पूर्व राष्ट्रपति मुखर्जीको आजै अन्त्येष्टि गरिने भएको छ । – एएनआई

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com