राष्ट्रपति उम्मेदवारका लागि बाइडेनबाट डेमोक्रेटिक नोमिनेशन औपचारिक रुपमा स्वीकार


प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपतिको उम्मेदबारका लागि जो बाडडेनले डेमोक्रेटिक नोमिनेशन औपचारिक स्वीकार गरेका छन् । चारदिने डेमोक्रेटिक राष्ट्रिय सम्मेलनको अन्तिम रातमा विशेष सम्बोधन गर्दै बाइडेनले डेमोक्रेटिक नोमिनेशन औपचारिक रुपमा स्वीकार गरेका हुन् ।

मंगलबार डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति उम्मेदवारमा बाइडेनको नाम औपचारिक रुपमा नोमिनेशन गरेको थियो । बाइडेनले औपचारिक रुपमा उम्मेदवारी स्वीकार गरेसँगै डेमोक्रेटिक राष्ट्रिय सम्मेलन समापन भएको छ । बुधबार कमला ह्यारिसले औपचारिक रुपमा उपराष्ट्रपति उम्मेदवारका लागि नोमिनेशन स्वीकार गरेकी थिइन् ।

बाइडेनले आज आधा शताब्दी लामो राजनीतिक यात्राको सबैभन्दा महत्वपूर्ण भाषण गरेका छन् । उनी सन् १९७० देखि राजनीतिमा सकृय रहँदै आएका छन् । बाइडेनले पहिलोपटक राष्ट्रपति उम्मेदवारमा डेमोक्रेटिक पार्टीको नोमिनेशन स्वीकार गर्ने भाषण गरेका हुन् ।

बाइडेन पहिलोपटक उनका छोरा बो बाइडेनको उपस्थीतिविना नै डेमोक्रेटिक पार्टीको टिकटमा उपस्थीत भए । उनका छोराको सन् २०१५ मा क्यान्सरका कारण निधन भएको थियो । उनका छोरा बाइडेनको अगाडिका चुनावी अभियानहरुमा सकृय रहेका थिए ।

सन् २००८ र २०१२ का दुबै सम्मेलनमा बो बाइडेनले आफ्ना पिताका बारेमा मन्तब्य दिएका थिए । बो बाइडेन इराक युद्धका समेत भेट्रान रहेका थिए । आजको सम्मेलनमा उनको बारेमा भिडियो प्रस्तुत गरिएको थियो ।

अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा चुनाव हुँदैछ । जसका लागि झण्डै साढे २ महिनामात्र बाँकी रहेको छ । नोभेम्बर ३ को चुनावमा बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भिड्नेछन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com