कसैको ख्याल राख्नुहन्छ भने नसोध्नुहोस – ‘तपाईलाई ठीक त छ ?’ [Are you okay?]


प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार

– इभा ग्लासरड

एक पूर्व जीवन रक्षक र वर्तमान पिएडिआई गोताखोरको रुपमा मलाई थाहा छ, आपतको समयमा के भन्नुपर्छ । आपतमा परेको कसैलाई सहयोग गर्न गएको बेलामा सोध्ने गरिन्छ – ‘म तिमीलाई सहयोग गर्न सक्छु ! तिमी ठीक त छौ ?’

यदि कसैले नराम्रो दिनको सामना गर्नुपरेको थियो वा कोही व्यक्ति कहिले पनि मुस्कुराएको थिएन भने पनि ‘तपाई ठीक त हुनुहुन्छ ?’  भन्ने प्रश्नसँग उनीहरु परिचित छन् ।

यदि तपाई कसैको ख्याल राख्नुहुन्छ र विशेष गरी यदि तपाई कसैलाई चिन्नुहुन्छ भने तिनीहरुलाई तिनीहरु असहाय छन् वा कमजोर छन् जस्तो व्यवहार कहिल्यै पनि नगर्नुहोस् ।

उनिहरुलाई नसोध्नुहोस् – ‘तिमी ठीक त छौ नि ?[Are you okay?]

मानवीय उदासिनता दुई मध्ये एकमा आफूलाई प्रकट गरिन्छ । पहिलो निरास भनाई जस्तै –’म एक्लो छु,’ ‘कसैले मलाई माया गर्दैन,’ ‘मेरो आफ्नो कुरा बताउने एउटा पनि साथी छैन’ आदि मार्फत । दोश्रो निसहायको भावना अर्थात् ‘म असहाय छु,’ ‘नालायक महसुस गर्छु,’ ‘विहान मलाई ओछ्यानबाट उठ्न गाह्रो हुन्छ’ आदी ।

यस्ता सोंचले हामीलाई निराश व्यक्ति बनाउँछ ।

तपाईसँग एउटा साथी छ र उसले तपाईलाई आफू उदास भएको बताइरहेको छ भने तपाईले उसको ख्याल गर्नुहुन्छ र मद्दत गर्न पनि चाहनुहुन्छ । अर्को पटक जब तपाईले उसलाई देख्नुहुन्छ, तपाई भन्नुहुन्छ ‘कस्तो छ अहिले ? के तिमी ठीक त छौ ?’ [How are you? Are you okay?]

एकातिर ती कुराकानीहरु उत्कृष्ट छन्, किनकी तपाईले देखाउँदै हुनुहुन्छ की तपाई आफ्नो साथीको ख्याल राख्नुहन्छ । तर अर्कोतर्फ, तिनीहरुले नकारात्मक असर पारिरहेका हुन्छन् । किनभने अप्रत्यक्ष रुपमा  तपाई भनिरहनुभएको छ कि म ठीक छु तर तपाई ठीक हुनुहुन्न । त्यसैले तपाई भनिरहनुभएको छ कि म मद्दत गर्न चाहन्छु । [I’m okay and you’re not, so let me help you.]

अब यहाँ पचास प्रतिशत संम्भावना यो छ कि त्यो साथिलाई यस कुराले खुसी बनाउन सक्छ । अर्थात् उसले सोंच्न सक्छ कि – ‘मेरो कोही त रहेछ । कसैले त मेरोबारेमा चासो राख्ने रहेछ ।’

तर त्यहाँ अझै पचास प्रतिशत सम्भावना यो छ कि यो उसलाई चाहिने कुराको विपरित पनि हुन सक्छ । यसले उसलाई थप तनाव उत्पन्न हुनसक्छ । उसलाई आफू ठीक रहेनछु कि भन्ने लाग्न सक्छ अर्थात् तपाइले उसलाई ‘किन ठीक छ भनेर सोधेको होला’ भन्नेबारे उसको मनमा नकारात्मक असर पर्नसक्छ ।

सहयोग गर्नु अघि एक पटक सोध्नुहोस् । कसैमा कुनै अशक्तता छ भन्दैमा उसलाई सहयोगको आवश्यकता हुन्छ भन्ने नठान्नुहोस् । त्यस व्यक्तिलाई आवश्यकता परेको खण्डमा मात्र सहयोग गर्नुहोस् । जब उसलाई आवश्यकता पर्छ उसले आफैं पनि कुराकानी गर्छ ।

सहयोगको नाममा उनीहरुसँगको भौतिक सम्पर्कको बिषयमा संवेदनशील हुनुहोस् । केही अशक्त मानिसहरु सन्तुलनको लागी आफ्नो हतियारमा निर्भर हुन्छन् । असक्त व्यक्तिहरुलाई छोई नहाल्नुहोस्, भलै तपाईको मनसाय सहयोगको होला तर उनीहरुको सन्तुलन बिग्रन सक्छ ।

कुनै पनि व्यक्तिको टाउको सुम्सुमाउने, उसको व्हीलचियर, स्कुटर वा लट्ठी छुने पनि नगर्नुहोस् । अशक्त मानिसहरु आफ्नो उपकरणलाई व्यक्तिगत ठाउँको अंश मान्दछन् । अशक्तता भएका मानिसहरु के गर्न सक्छन् वा के गर्न सक्दैनन् भन्ने धारणा नबनाउनुहोस् । कुनै पनि गतिविधिमा भाग लिनु पुर्व सोच्नुहोस् ।

उदाहरणका लागि एक दिन मैले एक जना एउटा मात्र हात भएको युवकलाई मैले मेरो सुटकेश बोक्न भनें । धेरै मानिसहरुले यो देखिरहेका थिए, जसले देखिरहेका थिए उनीहरुले मलाई निर्दयी भने । उसको पुरै जीवनमा उसँग केबल एउटा मात्र हात थियो । तर अन्य शरीरका भागहरु सक्षम भएकाले उसले एउटा हात भएर पनि कसरी सक्षम तरिकाले जीवन जिउने भन्ने सिकेको थियो । उसलाई आवश्यकता महसुस भएको बेलामा मद्दत माग्थ्यो । तर ऊ सक्षम नै थियो ।

यति उसलाई सहयोगको आवश्यकता नभइकनै सहयोग गर्न जानुभएको खण्डमा तपाईले उसलाई अशक्त व्यक्ति देखेको ठहर्न सक्छ । उसले आफूले अशक्त नठानेको हुनसक्छ । उसलाई आवश्यक नपरी सहयोग गर्दा उसलाई हतोत्साहित बनाउन खोजेको जस्तो हुनसक्छ ।
एक रात म थाकेकी थिएँ । भोक पनि लागेको थियो । मलाई रिस पनि उठिरहेको थियो । म त्यतीबेला एक जना साथिसँग रेकर्डिङ स्टुडियोमा थिएँ । मैले आफू घर जान चाहेको बताएँ । साथीले केहीछिन बस्न भने । मैले बस्न मन नलागेको कुरा गरें । उसले सोध्यो -‘तिमी ठीक त छौ ?’

मैले आफू एकदम ठीक रहेको कुरा गरें । तर उसले ‘तिमी साँच्ची नै ठीक त छौ’ भन्दै अँगालो हाल्न आयो ।

मैले भनें – ‘यो प्रश्न मन पर्दैन । मलाई यस्तो प्रश्न मन पर्दैन । म कतै लडेको वा चोटपटक लागेको अवस्थामा बाहेक अरु सामान्य अवस्थामा यस्ता प्रश्न कहिले नसोध्नु ।’

त्यस्तै म एउटासाँझ युनिभर्सिटीका अध्यक्षसँग डिनरमा थिएँ । हामी केही गम्भिर विषयमा कुराकानी गरेका थियौं । त्यसपछि म अर्को पार्टीमा गएँ । अध्यक्षसँग गम्भिर कुराकानी गरेको देखेकी मेरी साथीले भनिन् – ‘मैले तिमीलाई युनिभर्सिटीका अध्यक्षसँग कुराकानी गरेको देखेकी थिएँ । तिमी ठीक त छौ ? मलाई त तिमी रोएजस्तो लागेको थियो ।’

मैले यो प्रश्नको जवाफमा कुनै बहस गरिन । तर कस्तो बकवास ? मैले मुस्कुराउन र नाँच्न छाडे भन्दैमा म रुन लागेको हुन्छु ? अर्को पाको मानिससँग केही कुरा गरें भन्दैमा तेश्रो व्यक्तिले मलाई सान्त्वना चाहिएको छ कि भनेर अनुमान गर्न मिल्छ ?

जब तपाई मानिसहरुलाई ठीकठाक छ कि छैन भनेर सोध्नुहुन्छ वा अनावश्यक सल्लाह दिनुहुन्छ, त्यतीबेला जुन व्यक्तिको विषयमा तपाई सोचिरहनुभएको छ उसैका लागि त्यो असहज हुन सक्छ ।

यदि तपाई एक राम्रो र अर्थपूर्ण व्यक्तित्व हुनुहुन्छ भने साथीलाई चोट नपुराई, निरास नबनाई, अपमानजनक कार्य नगरिकनै हेरचाह गर्न सक्नुहुन्छ ।

धेरै राम्रो र उत्कृष्ट चिजहरु सोध्न सक्नुहुन्छ । जुन प्रश्नले उनीहरुलाई राम्रो महसुस गराओस् ।

तपाईलाई ठीक त छ ? भन्ने प्रश्न सोध्नुको साटो यस्ता प्रश्नहरु सोध्न सक्नुहुन्छ :

कस्तो चल्दैछ ? [How’s it going?]

आजकाल के गर्दै हुनुहुन्छ ? [What’re you working on these days?]

छिट्टै भेटौं है । तपाईको यो साताको तालिका कस्तो छ ? [Let’s catch up soon — like really catch up. What’s your schedule look like this week?]

तपाई यो विषउमा सधै उत्कृष्ट हुनुहुन्छ । म जहाँ काम गरिरहेको छु त्यस परियोजनामा तपाईलाई छान्न सक्छु ? [You’ve always been really good at ___. Can I pick your brain for a project I’ve been working on?]

तपाई मेरो महत्वपूर्ण साथी हुनुहुन्छ ।[You’re an important friend to me.]

मलाई आज कतै बाहिर जान मन लागेको छ । मसँग कतै पैदल हिड्न चाहनुहुन्छ ? हामी जुनसुकै विषयमा पनि कुराकानी गर्न सक्छौं । नभए चराको आवाज सुनौला ।[Wanna go for a walk? I’d love to get outside for a bit today! We can talk about whatever. Or we can just listen to the birds.]

म आज घरमा एक्लै बसेर टिभि हेर्न चाहन्छु । यदि तपाई पनि मसँगै बसे मलाई रमाइलै हुन्थ्यो । नभए तपाइको घरमा जाउँ । तपाईको सोफा पनि गजबको छ ।[I’m pretty much going to sit at my house alone and watch Netflix tonight. I’d love it if you’d sit with me. Or we can go to your place — you have that awesome couch!]

तपाई आज गजब देखिनुभएको छ । [You look great today!]

आज तपाईलाई देखेर एकदमै खुसी लाग्यो ।[It’s SO GREAT to see you!]

तपाईलाई देखेपछि सँधै मेरो दिन राम्रो हुन्छ ।[Seeing you always makes my day!]

यी प्रश्नहरुले निराश व्यक्तिको सोचमा वा दीर्घकालीन हितमा राम्रो प्रभाव पार्दछ कि भनेर मैले प्रयोग गरि हेरेको भने छैन । तर मलाई लाग्छ “तपाई ठीक त हुनुहुन्छ” भन्ने प्रश्न भन्दा यी प्रश्न उपयुक्त छन् ।

अनुवाद र संक्षीप्तीकरण : तुलसा बस्नेत

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com