यसरी गर्नुहोस् अमेरिकी चुनावमा मतदान (हुलाकमार्फत मतपत्र मगाएर मतदान गर्ने तरिकासहित)


प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार

अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ । कोरोनाको महामारीका कारण कैयन व्यक्ति चुनावको दिन मतदानस्थलमा उपस्थीत हुन नसक्ने अवस्था समेत श्रृजना भएको छ । चुनावको दिनमा मतदानस्थलमा उपस्थीत हुन नसक्ने अवस्था भएकाहरुले अगाडि नै हुलाकमार्फत मतपत्र मगाएर मतदान गर्नसक्ने प्रावधान रहेको छ ।

मतदाताले सबैभन्दा पहिले मतदाता नामावलीमा आफ्नो नाम सुचीकृत गर्न आवश्यक छ । यदि तपाई अमेरिकी नागरिक हुनुहुन्छ र अहिलेसम्म मतदाता नामावलीमा आफ्नो नाम सुचीकृत गरिसक्नुभएको छैन भने यथाशक्य आफ्नो नाम सुचीकृत गर्नुहोला ।

मतदाता नामावलीमा आफ्नो नाम सुचीकृत गर्न यहाँ क्लीक गर्नुहोला ।

यदि तपाई आफ्नो नाम मतदाता नामावलीम सुचीकृत भए नभएको निश्चित हुनुहुन्न भने तपाईले आफ्नो नाम चेक गर्न समेत सक्नुहुनेछ । आफ्नो नाम मतदाता नामावलीमा भए नभएको तपाईले आफ्नो नाम र जीपकोडमार्फत चेक गर्न सक्नुहुनेछ ।

मतदाता नामावलीमा आफ्नो नाम भए नभएको चेक गर्न यहाँ क्लीक गर्नुहोला ।

यदि तपाई हुलाकबाट मतपत्र मगाएर मतदान गर्न चाहनुहुन्छ भने धेरै ढिलो नगर्नुहोला । हुलाकमार्फत मतदान गर्नका लागि तपाईले आफू अनुपस्थीत हुने व्होराको आवेदन भरेर स्थानीय निर्वाचन काउन्टी बोर्डमा पठाउनुपर्छ । यो आवेदन हुलाकबाट पठाउन सकिन्छ, आफै निर्वाचनको काउन्टी बोर्डमा गएर पनि दिन सकिन्छ ।

त्यसपछि तपाईलाई हुलाकबाट मतपत्र प्राप्त हुनेछ । तपाईले मतपत्र आफै काउन्टीबोर्डमा गएर पिकअप पनि गर्न सक्नुहुनेछ । आफै पिकअप गर्न नसक्ने अवस्था भएमा त्यसका लागि तपाईलाई अरु कसैलाई अधिकार पनि दिनसक्नुहुनेछ ।

सधैका लागि बिरामी र अशक्त व्यक्तिले मतपत्र हुलाकबाट प्राप्त गर्नका लागि बारम्बार आवेदन दिइरहनुपर्दैन । उनीहरुले सुरुमा काउन्टी बोर्डमा आफू अशक्त भएको एउटा आवेदन दिएपछि सधै मतपत्र प्राप्त गर्नेछन् ।

मतपत्र प्राप्त गर्नका लागि आवेदन फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।तपाईले आफ्नो राज्य छनौट गरेपछि सबै प्रकृया हेर्न सक्नुहुनेछ ।

यदि तपाई अमेरिकी सेनामा कार्यरत हुनुहुन्छ वा अमेरिकाबाहिर हुनुहुन्छ भने पनि तपाईले त्यहीबाट मतदान गर्न सक्नुहुन्छ । तर त्यसका लागि पनि तपाईले आफू भौतिक रुपमा मतदानका लागि अमेरिकामा उपस्थीत हुन नसक्ने व्होराको आवेदन दिनुपर्छ । विश्वका जुनसुकै स्थानमा रहेका अमेरिकनहरुले अमेरिकी चुनावमा मतदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

यदि तपाई अमेरिकाबाहिर हुनुहुन्छ भने मतदान प्रकृयाबारे जान्न यहाँ क्लिक गर्नुहोला । 

यदि तपाई मतदान स्थलमा नै गएर मतदान गर्न चाहनुहुन्छ भने आगामी नोभेम्बर ३ मा तपाई सुरक्षित तरिकाले मास्क लगाएर मतदान स्थलमा जान सक्नुहुनेछ ।

आफ्नो मतदानस्थल कुन हो भन्नेबारे अन्यौलमा हुनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

याद गनुहोस्, यति तपाई अमेरिकी नागरिक हुनुहुन्छ भने मतदान गर्नु तपाईको अधिकारमात्र होइन, कर्तब्य पनि हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com