झारफुक गर्ने बाहनामा बलात्कार, ९ दिनपछि पक्राउ


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

झारफुक गर्ने बाहनामा महिलामाथि बलात्कार गर्ने एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्चका ३८ वर्षीय पुरुष रहेका छन् । ती पुरुषले झारफुकको बाहनामा आफ्नै भाउजु नाता पर्ने एक महिलालाई जवरजस्ती बलात्कार गरेको अभियोगपछि प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलालाई साउन २० गते राति करिब साढे ११ बजेतिर देवर नाता पर्ने ती व्यक्तिले झारफुकको बाहनामा घरमै जवरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ओरोपित पुरुषलाई साउन २९ गते पक्राउ गरिएको र सल्यान जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com