नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

मृत्यु हुनेमा धनुषा मिथिला विहारी ५ निवासी ५० वर्षीय पुरुषमा रहेका छन् । रुघाखोकी र पखालासँगै ज्वरोसमेत आउने गरेका कारण गाउँमै औषधि खाइरहेको अवस्थामा आइतबार बिहान अचानक श्वासप्रश्वासमा समस्या भएपछि जनकपुरधामस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा पु(याउने बित्तिकै उनको मृत्यु भएको थियो । यस्तै, धनुषामा मिथिलाकै ५० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ ।

यस्तै, ललितपुरको किष्ट अस्पतालमा काभ्रे स्थायी घर भएकी ५० वर्षिया महिलाको सोमबार बिहान मृत्यु भएको हो । निमोनियाका कारण समस्या भएपछि ती महिला यही २५ गते अस्पताल भर्ना भएकी थिइन्। मृतकमा निमोनियका साथै छातीको समस्या देखिएको थियो । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । यतै, सिन्धुपाल्चोक बाह्रविसेका ८४ वर्षिय वृद्धको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com