नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण, १७१ संक्रमित डिस्चार्ज


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ६३८ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४६२ जनामा गरिएको पिसिआर परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कूल संख्या संख्या संख्या २३ हजार ९४८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट थप १७१ जना कोरोनामुक्तभई डिस्चार्ज भएका छन् । कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com