कोरोनाबाट मृत्यु भएका गुजरातका पुजारीले भक्तहरुलाई लड्डु टोक्दै बाँडेको भिडियो भाइरल


प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार

गत जुलाईमा कोरोना संक्रमणबाट मृत्यु भएका गुजराजका पुजारी पुरुषोत्तम प्रियदासजी स्वामीश्री महाराजले भक्तजनलाई प्रसादका रुपमा लड्डु टोकेर बाँडेको भिडियो भाइरल भएको छ । जुलाई १६ मा उनको ७८ बर्षको उमेरमा निधन भएको थियो भने उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुख व्यक्त गरेका थिए ।

पीपी स्वामीका रुपमा परिचित उनले आफ्नो जन्मदिनको अवशरमा जुठा लड्डु बाँडेको भिडियो भाइरल भएको हो । उनको मृत्युको केही दिनपछि उक्त भिडियो सामाजिक सञ्जालहरुमा शेयर गरिएको थियो । भिडियोमा उनले हरेक लड्डुमा र्याल लगाएर वितरण गरिएको देख्न सकिन्छ ।

उनले मे महिनाको अन्तिमसाता आफ्नो जन्मदिन मनाएको जनाइएको छ । यो भिडियो यसैबर्षको जन्मदिनको हो वा होइन भन्ने पुष्टी भने भएको छैन । यद्यपी उनले हरेकबर्षको जन्मदिनमा यसरी नै जुठा लड्डु बाँड्ने गरेका छन् । त्यसपछि उनी जुलाईमा अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा उनलाई भेन्टिलेटरमा राखिएको थियो भने प्लाज्मा थेरापीबाट उपचारको प्रयास समेत गरिएको थियो । उनीसहित त्यहाँका अरु १० जना पुजारीहरुमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com