कठिन समयमा जीवनमा उर्जा भर्ने पाँच उपाय


प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार

– डोरान हाफ्नर

(लेखक अमेरिकामा न्युरो लिंग्वीस्टीक प्रोग्रामिङ प्राक्टिसनर हुन् । साथै उनी एउटा मनोचिकित्सक संस्थानमा मानसिक रुपमा बिरामीको उपचारमा सकृय छन् ।)

जीवनमा चुनौतीहरु बारम्बार आई नै रहन्छन् । चुनौती मानव जीवनको एक हिस्सा नै हो । धेरै मानिसहरु चुनौतीसंग डराएर हार खाने पनि गर्दछन् । कतिपय अवस्थामा उर्जा पुनः स्थापना गर्न खोज्दा हामी थकित र शक्तिहीन महसुस पनि गरिरहेका हुन्छौं तर यो बुझ्नु पर्दछ की यस्तो हरेक मानिसको जीवनमा हुने गर्दछ ।

जति पनि संसारमा सफल्ताका कथाहरु सुनिएका छन् त्यसको पछाडि थुप्रै चुनौती र समस्याका पहाड छिचोलिएका हुन्छन् । कमजोर आर्थिक अवस्था, सम्बन्धहरुमा दरार आउनु, एक्लोपन, स्वास्थ्यमा समस्या, शारिरिक कमजोरी, पारिवारिक खटपट, असफलता जस्ता कुराहरुले जीवनका उर्जाहरुलाई कमजोर बनाईरहेको हुन्छ । तर यो केहि समयका लागी मात्र हो भन्ने बिर्सनु हुँदैन । केहि स–साना कुराहरुमा ध्यान दिने हो भने जीवनमा पुनः उर्जालाई भण्डारण गर्न सकिन्छ ।

कहिले काँही हामी जीवनमा निराश हुन्छौं, त्यसका अनेक कारण र कारकतत्व हुन सक्ला । सधै खुसी रहिरहन पनि त सकिँदैन, जीवन सुख दुःखको संगम हो । जीवनमा खुसी अनि रोदन एक रथका दुई पाङ्ग्रा जस्तै हो । दुःख छ र त सुखको महत्व छ नि ।

जब हामी संघर्षको समयमा हुन्छौं, त्यत्तिबेला चुनौती छ वा छैन देख्न सकिरहेका हुँदैनौं तर निर्णय गर्ने त हामी आफैंले नै हो । जुन क्षमता हामी आफँैसंग हुन्छ । तपाई आफ्नो अवस्थालाई कसरी व्यवस्थित गर्दै हुनुहुन्छ आफैं चयन गर्न सक्नुहुन्छ । कठिन र दुर्भाग्यपूर्ण परिस्थितिमा अडिक रहन सक्नुहुन्छ अनि आफूले आफैलाई सहयोग गर्न पनि सक्नुहुन्छ, जसको कारण पुनः उर्जा प्राप्त गर्न सकिन्छ ।

भोलीलाई आज भन्दा झनै राम्रो बनाउन सकिन्छ । त्यसका लागी जीवनमा धेरै केहि गर्नै पर्दैन । मात्र, सकारात्मक साँेच र हाल बाँचीरहनुभएको दैनिकीलाई थोरै परिवर्तन गर्न जरुरी छ । निम्न पाँच सरल र सहज तरिकाले पनि जीवनमा ठूलो परिवर्तनको फट्को मार्न सकिन्छ । यि कुराहरुले तपाईको खराब स्थितिलाई छिटो सुधार्न र कठिन समयमा पुनः उर्जा भर्नमा मद्धत गर्नेछ ।

१, आफूभित्रको बालापन जगाउनुहोस्

पहिलो कुरा आफ्नो व्यक्तित्वसँग नजिक हुनुहोस् । राम्रो र सहि उपाय नै यहि हो की आफ्नो व्यक्तित्वलाई चिन्नसक्नु । र आफूलाई आफँैसंग बाँध्नुहोस् । आफूले आफ्नो गल्तिलाई मानेर अगाडि बढ्नुहोस्, आफैंलाई क्षमा गर्नुहोस्, आफ्नै गल्तिबाट पाठ सिक्नुहोस्, एक गल्तिमा रुमल्लिएर बसिरहनुभयो भने पुनः उर्जा भर्न कठिन हुन्छ, त्यसैले समस्यासंग लड्नुहोस्, भिड्नुहोस्, नभाग्नुहोस् ।

मानौं, तपाईको उमेर अहिले सात वा आठ वर्षको छ, अब भन्नुहोस् तपाई त्यति बेला के गर्नु हुन्थियो ? कलिलो उमेरको ति भावनाहरु कति तीब्र थिए सम्झनुहोस् त । जब कुनै नकारात्मक बिचारहरु तपाई सामु आउँछन् वा भनौं कुनै कुराले दिमाग दुखाउँछ भने त्यत्ति बेला कल्पना गर्नुहोस् तपाई सात, आठ वर्षको हुनुहुन्छ । अनि थाहा पाउनु हुनेछ, र चकित पर्नु हुनेछ । सोच्नुहोस, त के तपाई यहि अनुरुपको अनुकम्पा र उदारता दिन सक्नु हुन्छ, त्यत्तिबेला ?

२, आफ्नो शारिरिक अवस्था परिवर्तन गर्नुहोस् ।

के तपाई दैनिक व्यायाम गर्नुहुन्छ ? व्यायाम गर्नाले उदासी र तनाव विरुद्ध लड्न र व्यवस्थापन गर्न ठूलो फाईदा पुग्ने कुरा त सबैलाई थाहै छ । यो एक प्राकृतिक उपचार पनि हो । तपाईको भावनात्मक अबस्था, जीवनको गुणस्तर, प्रस्तुति आदी सबै शारिरिक अवस्थाले नै निर्धारण गर्दछ ।

जब तपाई नराम्रो वा खराव बाटो वा भनौं सडकमा हिँडिरहनु भएको छ भने झनै तपाईलार्ई थप उर्जाको आवश्यकता पर्दछ । तपाईको शारिरिक अवस्थाले कस्तो महसुस गरिरहेको छ त्यो नै प्रमुख कारक हो । तपाईले कठिन जीवन ज्यूनै पर्छ भन्ने आवश्यकता छैन । जीवनमा दौड भर्नुहोस् । जीवनको दौडको तालिकालाई थप हौसला दिनुहोस् ।

३, दैनिक तालिका चलायमान बनाउनुहोस्

जीवनमा कुनै रस नभएको जस्तै सोचिरहनु भएको छ ? वा कुनै किसिमको शक्ति नै नभएको जस्तो अनुभुति भैरहेको छ ? यदि यस्तो हो भने अब तपाईले आफ्नो शारिरिक अबस्थाको बिषयमा सोच्ने बेला आएको छ । आखिर तपाई दैनिक के गर्नुहुन्छ ? मात्र बसिररहनु हुन्छ ? ओछ्यानमा पल्टिरहनु हुन्छ, आफ्नो कार वा कार्यालयको टेबलमा पल्टिरहनुहुन्छ वा अन्य केहि ? यदि यस्तो हो भने, तपाईले आफ्नो दैनिक तालिका धेरै चलायामान बनाउन र अन्य धेरै क्रियाकलाप गर्न आवश्यक छ ।

यो पनि बुझ्नु आवश्यक छ कि जब तपाई शारीरिक रुपमा परिवर्तन गर्नु हुन्छ भने तपाईको भावनाहरु पनि परिवर्तन हँुदै जाने छ । अनि यो पनि बिर्सनु हुन्न कि एक न एक दिन चुनौतिलाई पार गरे पछि नयाँ दिन अवश्य आउने छ ।

४, त्यहि कल्पना गर्नुहोस् जसले तपाईलाई उत्साहित तुल्याउँछ 

समय बलवान छ र एकदिन सबै ठिक हुन्छ भन्ने तपाईलाई थाहा छ भने राम्रो जीवन किन नज्युने ? जे कुरामा खुसी लाग्छ त्यहि मार्गमा किन नहिड्ने ? त्यहि बाटो हिड्नुहोस् जुन बाटोमा आफूलाई स्वतन्त्रता महसुस हुन्छ, त्यहि कल्पना गर्नुहोस् जसले तपाईलाई उत्साहित तुल्याउँछ र जीवित छु भन्ने महसुस गराउँदछ ।

जब तपाई भविष्य र भविष्यको आदर्श तस्बिरलाई कल्पना गर्नुहुन्छ भने तपाईले एक सकारात्मक मानसिक अवस्थालाई एक साथ जोड्दै हुनुहुन्छ ।

जब तपाई सकारात्मक मानसिक अबस्थामा हुनुहुन्छ भने जीवनका सबै ठूला समस्याहरुलाई पनि तपाई सानो र सुक्ष्म देख्नुहुने छ । त्यसैले त भन्ने गरिन्छ नि संसारमा आफू खुसी हुने हो भने जगतै खुसी देखिन्छ भनेर । जब समस्याहरु साना लाग्न थाल्छ अनि आफूमा शक्ति र क्षमता बढी भएको महसुस हुन थाल्दछ । तपाई कसरी यि पाँच कुराहरुलाई आफ्नो जीवनमा अपनाउनुहुन्छ ? कसरी आफ्नो जीवनको दैनिकीमा यि शक्तिशाली, सकारात्मक र उर्जावान दृष्यलाई जोड्हुन्छ ? यो पनि तपाई कै हातमा छ ।

यो यस्तो चिज हो जुन निश्चितरुपमा हरेक दृष्टिकोणले यो समयको लागी योग्य छ । पाँच मिनेटको सकारात्मक मानसिक अवस्थाले निकै नै ठूलो भुमिका खेलेको हुन्छ, तपाईको जीवनको हरेक पलमा उर्जा थप्नको लागी । सकारात्मक कुरालाई अपनाउँदै जानु भएमा केहि समयमा नै तपाईले जीवनमा जादुमय ढंगले परिवर्तन पाउनहुने छ ।

५, हरेक ठूला हस्तिले थुप्रै चुनौति र पहाड जत्रो समस्यालाई पार गरेकै हुन्छन् 

कुनै सेलिब्रेटिको कथा सुन्नुहोस्, गायक, फिल्म स्टार वा समाजमा गन्यमान्य मानिसको जीवन पढ्नुहोस्, किताब पढ्नुहोस् । तिनीहरुको पनि आफ्नै संघर्षका कथाहरु छन् । सबैको आ–आफ्नै संघर्ष, चुनौति र दुःखका दिन थिए । एकै पटक वा जन्मदै कोही पनि सफल्ताको पहाड उक्लन सक्दैन । जसले चुनौतिलाई पार लगाउँदै, सकारात्मक सोचका साथ संघर्ष गर्दछ, मेहनत गर्दछ ऊ नै अगाडी बढ्छ । सबैको जीवनमा कठिन दिन आएकै हुन्छ ।

यो बुझ्नसक्नु पर्दछ की कठिन समय अस्थायी हुन्छ । कठिन समयले नै सहज बाटोको खोजी गर्न मद्धत गर्दछ । आफैं खोज्नुहोस कि तपाईको लागी सहि काम र सहि बाटो कुन हो ? र एकदमै अप्ठेरो र प्रतिकुल समयमा तपाईलाई कुन चिजले सकारात्मक उर्जा दिईरहेको हुन्छ ? त्यसको खोजी गर्नुहोस् । चुनौतिहरु आफै पाखा लाग्दै जाने छन् । सकारात्मक उर्जाले पच्छ्याउँदै आउने छ ।

अनु : तुलसा बस्नेत

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com