अभिनेत्री नताशालाई कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

बलिउड अभिनेत्री तथा मिस वर्ल्ड इन्डिया २००६ नताशा सुरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केहिदिन अगाडी पुणेमा गएर आएपछि गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै नताशालाई आफुलाई कोरोना भएको जानकारी दिएकी हुन् । “करिब ६ दिनअघि म एक जरुरी कामका कारण पुणे गएको थिएँ । त्यँहाबाट फर्केपछि मलाई सञ्‍चो नभएपछि तीन दिनअघि मैले कोरोना परिक्षण गराएको थिएँ । मेरो रिपोर्ट पोजेटिभ आएको छ ” उनले भनिन् ।

नताशा अहिले होम क्वारेन्टिनमा बसेकी छिन् । पुणेबाट फर्किएपछि नताशाकाे शरिर कमजोर भएकाे थियाे । तीन दिनअघि मात्र कोरोना परिक्षण गरिएको थियो । –एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com