सातै प्रदेशमा अस्थायी आश्रयस्थल


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

गैरआवासीय नेपाली सङ्घले नेपालको सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल भवन निमार्णको अवधारणा अघि सारेको छ । विभिन्न समयमा आउने प्राकृतिक विपत्तिदेखि लिएर अन्य कारणले घरवारविहीन हुन परेकालाई अस्थायीरूपमा आश्रय दिने प्रयोजनले अस्थायी आश्रयस्थल भवन निर्माणको अवधारणा अघि सारिएको सङ्घले जनाएको छ ।

सङ्घीय सरकार हु“दै प्रदेश सरकारस“गको सहकार्यमा अस्थायी आश्रयस्थल निर्माण गर्ने गरी अवधारणा अघि सारिएको सङ्घका महिला उपाध्यक्ष एवं सङ्घको वन एनसिसी वन च्यारिटी प्रोजेक्टका प्रमुख रविना थापाले जानकारी दिनुभयो । केन्द्रीय, प्रदेश हु“दै स्थानीय सरकारस“गको समन्वयमा सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल बनाउनेबारे सङ्घले अवधारणा अघि सारेको जानकारी दिनुभयो । अहिले यस योजना प्रारम्भिक चरणमा रहेको र स्थानीय सरकारले जग्गा उपलब्ध गराउने र त्यसमा भवन निर्माण एनआरएनएले गरिदिने अवधारणा रहेको छ । उहा“ले एउटा भवन बनाउन करिब रु एक करोडको खर्च अनुमान गरिएको बताउनुभयो । “समय–समयमा आउने प्राकृतिक विपत्तिका कारण घरबारविहीन भएकाहरुदेखि लिएर अहिले नै पनि कोरोना सङ्क्रमितलाइ क्वारेन्टिनमा राखौँभन्दा पनि हामीस“ग त्यस्तो कुनै संरचना छैन ।

यसबाहेक पनि विदेशबाट अहिले फर्किएकाहरुलाई राख्नका लागि पनि हामीस“ग कुनै पूर्वाधार छैन”, एनआरएनएका उपाध्यक्ष थापाले भन्नुभयो, “कुनै पनि कारणले घरबारविहीन हुन परेकालाई अस्थायीरूपमा बसोबासको प्रबन्ध गराउनका लागि एउटा अस्थायी सेल्टरको आवश्यकता देखेर यसका लागि एनआरएनएले अवधारणा अघि सारेको हो । यस्ता सेल्टरहरु निर्माणले समस्यामा परेकालाई अस्थायीरूपमा व्यवस्थापनका लागि सहज हुन्छ भने सरकारले चाह“दा पनि ‘सर्टटर्म’का लागि प्रयोग गर्न सक्ने पूर्वाधारको रूपमा यो रहन्छ ।” प्रदेशको पायक पर्ने स्थानमा यस्ता सेल्टर निर्माण गर्नका लागि सङ्घले चरणबद्वरूपमा प्रक्रिया अघि बढाउने र त्यसका लागि आवश्यक पर्ने सहयोग एनआरएनहरुबाटै सङ्कलन गर्ने लक्ष्य रहेको छ ।

निर्माण सङ्घले गर्ने भए पनि सञ्चालन सरकार वा सरकारका अङ्ग मातहत गर्न सक्दा सहज हुने भएकाले त्यसरी संरचनाको विकास गरिने छ । विश्वभरि रहेका सङ्घका राष्ट्रिय समन्वय परिषद् र एनआरनहरुबाट नेपालमा एकत्रित ढङ्गबाट सेवामूलक कार्यमा लगानी गर्नका लागि सङ्घले दुरगामी महत्वका योजना अघि बढाइरहेको उपाध्यक्ष थापाले बताउनुभयो । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com