KHASOKHAS ON GOOGLE NEWS CoronaVirus Fact Checking CoronaVirus News Update CoronaVirus: Stories of Hope CoronaVirus Resource Center File UI or PUA Claim Donate to Khasokhas KHASOKHAS E-MAGAZINE

नेपालसँग काम गर्न तयार छौं : राष्ट्रपति सी

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएका छन् । नेपाल–चीनको औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउँदै राष्ट्रपति सीले दुई मुलुकका जनतालाई बढी फाइदा पुर्‍याउने र यस क्षेत्रको स्थिरता र विकासमा सकारात्मक योगदान गर्ने बताएका हुन् ।

सीले सन्देशमा दुई मुलुकले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि एकअर्कालाई सम्मान र समान व्यवहार गरेको, राजनीतिक रूपमा आपसी विश्वास र गहन रूपमा पारस्परिक सहयोग गरिरहेको बताएका छन् । राष्ट्रपति भण्डारीले सीलाई पठाएको बधाई सन्देशमा दुई मुलुकबीचको सम्बन्धलाई आगामी दिनमा थप मजबुत बनाउन जोड दिएको परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भण्डारीले गत वर्षको अप्रिलमा आफ्नो चीन भ्रमणका दौरान महत्त्वपूर्ण सम्झौता र समझदारी भएको बारेमा पनि स्मरण गराएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्याङलाई बधाई सन्देश पठाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

भिडियो हेर्नुहोस्

Loading...

थप रोचक शीर्षकहरु

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com