कोभिड -१९ भिन्न भिन्न ६ प्रकारका रहेको लण्डनको किङग्स कलेजको अध्ययन निष्कर्ष


प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार

लक्षण ट्रयाक गर्ने एप्लीकेशनको डाटामा आधारित एउटा नयाँ अध्ययनले ६ प्रकारका कोभिड १९ भएको निष्कर्ष निकालेको छ । विभिन्न प्रकारका लक्षणका आधारमा ६ भिन्न भिन्न प्रकारका कोभिड १९ भेटिएको जनाइएको छ ।

शोधबारे थप पढ्न यहाँ क्लिक गर्नुहोला ।

नयाँ निष्कर्षले कोरोनाका बिरामीहरुको उपचार गरिरहेका चिकित्सकहरुलाई सही तरिकाले उपचारका लागि नयाँ सम्भावनाहरुको उजागर गर्न सक्ने विश्वास लिइएको छ । किङग्स कलेजले बेलायतका शोधकर्ताहरुले अमेरिका र बेलायतका १६ सयभन्दा धेरै कोरोनाका बिरामीमाझ गरेको अध्ययनबाट यस्तो निष्कर्ष निकालेका हुन् ।

ती बिरामीहरुले लक्षण ट्रयाक गर्ने एप्लीकेशनमा मार्च र अप्रिलभर आफ्ना लक्षणहरु नियमित रुपमा अपडेट गराएका थिए । साधारणतया चिकित्सकहरुले ज्वरो, खोकी, सुघ्ने र स्वाद लिने क्षमतामा ह्रास लगायतलाई कोभिड १९ का मुख्य लक्षणका रुपमा लिन्छन् । तर अध्ययनले ६ प्रकारका कोभिड १९ आफ्नै खालका लक्षणको सुचीसहित आउने गरेको निष्कर्ष निकालेको छ ।

डाक्टर बब लहिचाले यो निष्कर्ष निकै रोचक भएको बताएका छन् । आफूले उपचार गरेका बिरामीहरुमा फरक फरक खालका लक्षणका सेटहरु देखिएको उनले बताएका छन् । कतिपयमा ज्वरो देखिएको तर कतिपयमा नदेखिएको, कतिपयमा रिंगटा लाग्ने, वाकवाकी लाग्ने लगायतका लक्षण देखिएको तर कतिपयमा पखाला लाग्ने लक्षण देखिएको उनले बताएका छन् ।

अध्ययनले निकालेको निष्कर्ष अनुशार ६ प्रकारका कोभिड १९ मा पहिलोमा रुघाखोकीजस्तो तर ज्वरो नआउने लक्षण देखिएको छ । जसमा टाउको दुख्ने सुघ्ने क्षमता गुम्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने तर ज्वरो नआउने लक्षण देखिएको छ ।

त्यस्तै दोश्रो प्रकारमा रुघाखोकीजस्तो र ज्वरो नआउने लक्षण देखिएको छ । यसमा टाउको दुख्ने, सुघ्ने क्षमता गुम्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, खानाखान मन नलाग्ने र झिंझो लाग्ने लक्षण देखिएको छ ।

त्यस्तै तेश्रोमा आन्द्रामा ग्यास भरिने अवस्था आउने गरेको छ । यसमा टाउको दुख्ने, सुघ्ने क्षमता गुम्ने, भोक नलाग्ने, पखाला लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने तर ज्वरो नआउने लक्षण देखिएको छ ।

चौथोमा अत्यन्तै थकान महसुस हुने देखिएको छ । यो पहिलो स्तरको सिकिस्त बनाउने अवस्था हो । यसमा टाउको दुख्ने, सुघ्ने क्षमता गुम्ने, खोकी लाग्ने, ज्वरो आउने, झिंझो लाग्ने, छाती दुख्ने र थकान महसुस हुने लक्षण देखिएको छ ।

पाँचौमा कन्फ्युजनको अवस्था आउने गरेको छ । यो अवस्था दोश्रो स्तरको सिकिस्त बनाउने अवस्था हो । यसमा टाउको दुख्ने, कन्फ्युजन हुने, सुघ्ने क्षमता गुम्ने, भोक गुम्ने, खोकी लाग्ने, ज्वरो आउने, झिंझो लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने, थकान हुने, मांसपेशी दुख्ने लक्षण देखिएको छ ।

त्यस्तै छैठौंमा स्वासप्रश्वास र पेटमा समस्या हुने देखिएको छ । यो अवस्था सबैभन्दा सिकिस्त बनाउने अवस्था हो । यसमा टाउको दुख्ने, सुघ्ने क्षमता गुम्ने, भोक नलाग्ने, खोकी लाग्ने, ज्वरो आउने, झिंझो लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने, थकान हुने, कन्फ्युजन हुने, मांसपेशी दुख्ने, स्वास फेर्न समस्या हुने, पखाला लाग्ने र पेट दुख्ने लक्षण देखिने गरेको छ ।

प्हिलो लेभलको बिरामीलाई अक्सिजन दिनुपर्ने वा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था कम भएको, दोश्रोमा ४ दशमलव ४ प्रतिशत रहेको, तेश्रोमा ३ दशमलव ३ प्रतिशत रहेको , चौथोमा ८ दशमलव ६ प्रतिशत रहेको, पाँचौंमा १० प्रतिशत रहेको र छैठौंमा २० प्रतिशत रहेको अध्ययनको निष्कर्ष छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com