गरे नहुने के रहेछ र ?


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख छन् । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उनी आतुर पनि छन् । अविरल वर्षाले उनलाई धान भित्र्याउन अवरोध गरिरहेको छ ।

उनले आफ्नै एक बिघा जमीनमा गत चैत २८ गते धान रोपेका थिए । करिव १२० दिनमा विशेषगरी सुक्खायाममा पाक्ने हर्दिनाथ–३ जातको चैतेधान उनले महोत्तरीको जलेश्वरबाट ल्याएका थिए । करिव २८ वर्ष बजारमा विभिन्न पसल राखेर व्यवसाय गरेको उनले दूधवंशी कृषि फार्मका खोलेर रु ५० लाखको माछापोखरीसमेत उक्त स्थानमा निर्माण गरेका छन् ।

प्रतिघण्टा ३० हजार लिटर पानी दिनसक्ने डिपबोरिङ निर्माण गरी उक्त पोखरीमा अहिले सात लाख लिटर पानी जम्मा गरिएको छ । यसअघि प्रतिकेजी रु ३०० का दरले ४५ क्विन्टल माछा बिक्री वितरण गरिसकेका उनले यही बन्दाबन्दीकै समयमा तीन हजार भुरा माछापालन गरिएको जानकारी दिए।

बजार व्यवसाय गरेर करिब दुई दर्जन नागरिकलाई रोजगारी दिएका उनले मध्यपश्चिम विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेपछि कृषिकर्ममा लाग्ने उत्प्रेरणा मिलेको बताए । “जब मैले ग्रामीण विकास शिक्षा हासिल गरे, त्यसपछि मात्र बुझेँ, मानवजीवनको मुख्य बाँच्ने आधार भनेकै कृषि रहेछ”, उनले भने, “विश्वमा कृषिमा आत्मनिर्भर देशहरुले नै विकासमा फड्को मारेका छन् । त्यसर्थ राज्यले यो क्षेत्रलाई प्राथमिकता साथ माथि उठाउनुपर्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कृषक ढकालले कृषिलाई मूल जीवन ठानेर पहिलोपटक आफैँले हर्दिनाथ–३ जातको चैतेधान खेती गरेको बताए । उनले अघि भने, “गरे नहुने के रहेछ र रु प्राविधिक सल्लाहबिना नै आफैँले जे होला होला भनेर बन्दाबन्दीमै शुरु गरेँ । बन्दाबन्दीमा अरुले क्षति व्यहोर्दा मैले राम्रो लाभ लिन पाएँ । आखिर राम्रै भयो । करिव ६० मुरी धान उत्पादन होला भन्ने अपेक्षा गरेको छु ।”

अब अगामी दिनमा यो खेतीलाई विस्तार गर्ने योजना बनाएको उनको भनाइ छ । उद्योग वाणिज्य सङ्घ सुर्खेतको वाणिज्य उपाध्यक्षसमेत रहेका उनले विसं २०४८ देखि फेन्सी, कस्मेटिक, सिसा पसल गर्दै हाल हार्डवेयर व्यवसाय सञ्चालनमा ल्याए पनि कृषिलाई उद्यमसँग जोडेर अघि बढाउने उद्देश्य रहेको जनाए । उनका अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा चैतेधान लहलह झुलेपछि आफूलाई मात्र नभई सबै किसानलाई यो खेती गर्न उत्साहित बनाएको छ । प्रदेश तथा यहाँका स्थानीय सरकारलाई चैतेधान खेती गर्ने किसानलाई विशेष अनुदान सहयोग गर्न उनले आग्रह गरे ।

सबै सरकारले कृषि क्षेत्रमा जोड दिन ग्रामीण विकास शिक्षा हासिल गरेको जनशक्तिलाई परिचालन गर्नुपर्नेमा उनको जोड थियो । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कृषक ढकालले गरेको चैतेधान खेतीको अवलोकन गर्नुभएको छ । एउटा व्यक्तिले आफ्नै प्रयासमा गरेको काम निकै प्रशंसा गर्न लायक भएको मन्त्री केसीको भनाइ थियो ।

उनले यस व्यवसायलाई प्रवद्र्धन तथा विस्तार गर्न किसानलाई चैतेधानको बीउ वितरण गर्ने बताए । “यो धानको उत्पादनले कर्णाली प्रदेशको आत्मनिर्भरतामा सहयोग पुग्ने देखिन्छ”, उनले भने, “सुर्खेत, सल्यान, रुकुमपश्चिम, दैलेख र जाजरकोटको तल्लो भागमा यसको उत्पादनमा जोड दिने गरी सरकारले अब कार्यक्रम बनाउँछ ।” -शुरबहादुर सिंह / रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com