साढे ११ लाख रुपैंया पर्ने मास्क !


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

तपाई धनी हुनुहुन्छ र सामान्य खालको मास्क लगाउंदा दिक्क लगाइरहेको छ भने तपाईको लागि एउटा खुसीको खबर छ तपाईले अब आफ्नो हैसियत अनुसारको मास्क लगाउन सक्नुहुन्छ ।

जापानकी चर्चित डिजाइनर रिको कावानिशीले धनीहरुलाई लक्षित गरि मोतीको मास्क बनाएकी छन् । मास्कको मूल्य १० लाख येन (९ हजार ३५० अमेरिकी डलर अर्थात पुगनपुग साढे ११ लाख रुपैंया) तोकिएको छ ।

मास्कमा फरक-फरक आकारका ३१० ओटा असली मोती प्रयोग गरेको उनको भनाइ छ । मास्कको डिजाइन सार्वजनिक भएपछि विश्वभरिबाटै त्यसको माग भैरहेको उनको भनाइ छ ।

मास्कमा भएको मोतीलाई पछि मालाको रुपमासमेत प्रयोग गर्न सकिने भएकोले यो वहुउपयोगी भएको उनको दावि छ । एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com