आफुले पढ्ने किताब निकाल्न खोज्दा पहिरोले पुर्‍यो…


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

सविन लामिछाने / अविरल वर्षाले ल्याएको पहिरोमा परेर देशभरि धेरैले ज्यान गुमाए । त्यसै मध्येकी हुन्, ८० वर्षीया तिलमाया धराली र उनकी १७ वर्षीया नातिनी शितास्मा धौलारी । जिल्लाको भानु नगरपालिकामा हजुर आमा र नातिनीको मृत्यु भएको छ पहिरोले पुरिएर मृत्यु हुनेमा भानु–९ सिमलगैराकी ८० वर्षीया तिलमाया धराली र उनकी १७ वर्षीया नातिनी शितास्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय मनोज धौलारीको घर पहिरोले पुरिदा दुई जना बेपत्ता भएका थिए भने तीन जना भाग्न सफल भएका थिए । पहिरोमा परि बेपत्ता भएकी शितास्माको भने जीवितै उद्धार गरि उपचार लागि स्थानीय उपचारका लागि अस्पताल लाने क्रममा बाटोमा मुत्यु भएको प्रहरीले बताएका छन् । तिलमायाको भने घटना स्थलमै मुत्यु भएको थियो ।

जब आफुले पढ्ने किताब निकाल्न खोजिन्…

कोरोनाको कारण विद्यालय जान नपाएकी शितास्मा धौलारी घरमै बसेर पढ्न सुरु गरिन् । भर्खरै कक्षा ९ बाट पास भई १० कक्षामा भर्ना भएकी उनि नयाँ कक्षामा पढ्न उत्साहीत थिईन् । कोरोनाले तत्काल विद्यालय नखुल्ने भएपछि भानु नगरपालिका वडा ९ को कालिका मा।विमा अध्यनरत उनी आफ्नो घरमा दैनिक जसो पढ्ने गर्थिन् । अन्य दिन जस्तै सोमबार पनि शितास्मा घरको पिढीमा ८० वर्षीय आफनो हजुर आमा तिलमाया सँग गफ गदै बसेकी थिईन् ।

अचानक घर माथिबाट पहिरो खस्दै गरेको आवाज आएको भन्दै सबैलाई भाग्न अनुरोध गरिन् तर विडम्बना उनले आफुले आफ्नो किताब निकाल्न खोज्दा उनीमाथि नै पहिरो खस्यो । किताब निकाल्न नपाउदै उनलाई पहिरोले पुरिदियो । उनले पहिरो आयो भन्दै चिच्याएकै कारण परिवारका पाँच सदस्यमध्ये तीनजना पहिरोबाट जोगिए भाग्न सफल भए । तर, हजुर आमा सँगै उनी पनि पहिरोमा पुरिनन् ।

घटनालगत्तै प्रहरी र स्थानीयको सक्रियतामा पुरिएकी शितास्माको जीवितै उद्धार गरि उपचारको क्रममा नजिकैको स्वास्थ्य संस्थामा पठाईयो । ठाउँ ठाउँमा बाटो बिग्रिएका कारण एम्बुलेन्स आउन नसकेपछि एक्साभेटरमा राखेर उपचारका लागि उनलाई स्वास्थ्य संस्थामा पठाइएको थियो । उपचारको क्रममा उनको निधन भयो । पढेर ठूलो मान्छे बन्ने उनको सपना त्यही अस्तायो । यता उनकी ८० वर्षीया हजुरआमा तिलमाया भने पहिरोमा पुरिएकी थिईन् । स्थानी, प्रहरी लगायत अन्यको उद्धारको प्रयासमा मृत अवस्थामा हजुरआमाको शव फेला पारेको थियो ।

पहिरोमा पुरि बेपत्ता भएका राजेशको खोजी गर्न तालिम प्राप्त कुकर

व्यास नगरपालिका९ माझफाँटमा े पहिरोमा पुरिएर बेपत्ता भएका राजेशको खोजीको लागि तालिम प्राप्त कुकरको परिचालन गरिएको छ । बेपत्ता भएका उनि एक सातामा नभेटिए पछि तालिम प्राप्त कुकुर परिचालन गरिएको प्रमखु जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । पहिरोमा पुरिएका एकै परिवारका चार जनामध्ये तीन जनाको शव सोमबारै फेला परेको थियो। पहिरोमा बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजी कार्य जारी रहेपनि हाल सम्म पनि उनलाई फेला पार्न सकिएको थिएन ।

बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका ५ चापाघाटस्थित कालीभञ्जन गण ९इ० का सहसेनानी नेतृत्वमा सेना र नेपाल प्रहरी परिचालित छ। पहिरो गएको दिनदेखि स्थानीय, प्रहरी र सेनालगायतले बेपत्ता भएकाको खोजी थालेका थिए। यसक्रममा परिवारका तीन सदस्यको शव फेला परेपनि राजेश फेला नपरेका हुन्।

उनलाई फेला नपारेपछि स्काभेटरको प्रयोग गरी खोजी गरिएको थियो । स्काभेटरको प्रयोगमा पनि फेला नपरेर पछि गण्डकी प्रदशको प्रहरी कार्यालय बाट तालिम प्राप्त कुकुर ल्याइएको हो । पहिरोमा पुरिएर उनकी आमा ४० वर्षीया कमला थापा, दाजु २४ वर्षीय मनोज थापा र भाउजु २१ वर्षीया अञ्जना थापाको ज्यान गएको थियो। उनका बुबा ५० वर्षीय केशव थापा भने घाइते भएका छन्। हाल उनको पोखरामा उपचार भइरहेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com