भिसा बुलेटिन : अगस्त र सेप्टेम्बरमा सबैका लागि डिभी करेन्ट, अमेरिकामा हुनेले ग्रिनकार्ड पाउनसक्ने


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज भिसा बुलेटिन जारी गर्दै आगामी अगस्त र सेप्टेम्बर महिनाका लागि सबैका लागि डिभी करेन्ट बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आप्रवासन रोकका कारण अमेरिकाबाहिर हुनेहरुले नयाँ डाइभर्सिटी भिसा पाउन नसक्ने भएपनि अमेरिकाभित्रै हुने डिभी विजेताहरुले भने स्टाटस समायोजन गर्नसक्ने जनाइएको छ ।

अगस्त महिनाको भिसा बुलेटिन पढ्नुहोस्

सेप्टेम्बर ३० भित्र स्टाटस समायोजन नगर्ने डिभी विजताहरुले २०२० का लागि त्यसपछि स्टाटस समायोजन गर्न पाउने छैनन् । डिभीका लागि छनौट हुने विजेताहरुले युएससीआईएसको स्थानीय फिल्ड अफिसमा अप्वाइन्टमेन्ट लिन जरुरी हुन्छ । अप्वाइन्ट वेवसाइटमार्फत वा ८०० ३७५ ५२८३ मा सम्पर्क गरेर पनि लिन सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसको वेवसाइटमार्फत थप जानकारी लिनुहोस्

यदि तपाई स्टाटस समायोजनका लागि योग्य भएको खण्डमा डाइभर्सिटी भिसा शुल्क तिर्न आवश्यक हुन्छ । युएससीआईएसमार्फत ग्रिनकार्डका लागि आवेदन दिंदा फर्म आई ४८५ का अतिरिक्त दुईवटा पासपोर्ट स्टायलको फोटो, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी, मेडिकल रिपोर्ट, अमेरिका आउँदाको भिसाको फोटोकपीसहित पासपोर्टको पेजको फोटोकपी, आई ९४ रेकर्ड, डिभीका लागि छनौट भएको डिपार्टमेन्ट अफ स्टेटको पत्र, डाइभर्सिटी भिसा शुल्क तिरेको रिसिप्ट र ग्रिनकार्डका लागि उचित शुल्क तिर्नु आवश्यक हुन्छ ।

अमेरिकामा गैरकानुनी उपस्थीति भएकाहरुले वा अन्य तरिकाले भिसा समायोजनका लागि योग्य नभएकाहरुले डाइभर्सिटी भिसामार्फत ग्रिनकार्ड समायोजन गर्न भने पाउनेछैनन् । विद्यार्थी भिसामा हुने र टीपीएस हुनेहरुले पनि डिभी लोटरी पारेको खण्डमा अमेरिकामा समायोजन गर्न सक्ने जनाइएको छ । तर टीपीएसमा जानु अगाडि अमेरिकामा गैर कानुनी उपस्थीति हुन नहुने कानुन व्यवसायीहरुको सुझाव छ ।

अमेरिकी विदेशमन्त्रालयको वेवसाइटमार्फत थप जानकारी लिनुहोस्

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com